عن أنس بن مالك رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«يَسِّرُوا وَلَا تُعَسِّرُوا، وَبَشِّرُوا وَلَا تُنَفِّرُوا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 69]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सजिलो बनाउ, कठिन नबनाउ। खुसीको खबर सुनाउ, घृणा पैदा नगर।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 69]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दीन (धर्म) र सांसारिक सबै मामिलाहरूमा शरीअतको सीमाभित्र रहेर मानिसहरूलाई सहजता प्रदान गर्न र उनीहरूलाई कठिनाइमा नराख्न आदेश दिइरहनु भएको छ ।
साथसाथै उहाँ मानिसहरूलाई खुशीको खबर सुनाउन र घृणा पैदा नगर्न प्रोत्साहित गर्नुभएको छ ।

हदीसका केही फाइदाहरू

  1. मुमिनको कर्तव्य भनेको मानिसहरूलाई अल्लाहलाई माया गर्न र पुण्य कर्म गर्न प्रोत्साहित गर्ने हो ।
  2. दाई - इलल्लाह (अल्लाहतर्फ बोलाउने) व्यक्तिले मानिसहरूलाई हिक्मत (विवेक) का साथ इस्लाम तर्फ बोलाउनु पर्दछ।
  3. "खुसीको खबरले मानिसमा उत्साह, रुचि, र शान्ति उत्पन्न गर्छ साथै इस्लामको आह्वानकर्ताका लागि र उनले जनतामा प्रस्तुत गर्ने सन्देशका लागि पनि ।"
  4. कठिनाईले मानिसमा दूरी, विरक्ति, र बोल्ने व्यक्तिको सन्देशमा शंका पैदा गर्छ
  5. आफ्ना सेवकहरूमाथि अल्लाहको अपार कृपाको प्रदर्शनी किनभने उहाँले उनीहरूका लागि उदारता र सहज कानुन शरियतमा आधारित धर्म रोज्नुभएको छ ।
  6. सहजता भन्नाले शरियतको शिक्षा अनुसारको सहजता हो ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप