+ -

عن أنس بن مالك رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«يَسِّرُوا وَلَا تُعَسِّرُوا، وَبَشِّرُوا وَلَا تُنَفِّرُوا».

[صحيح] - [متفق عليه]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सहज बनाउनुहोस् र कठिनाइ नदिनुहोस्, शुभ समाचार दिनुहोस् र घृणा उत्पन्न नगर्नुहोस् ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दीन (धर्म) र सांसारिक सबै मामिलाहरूमा शरीअतको सीमाभित्र रहेर मानिसहरूलाई सहजता प्रदान गर्न र उनीहरूलाई कठिनाइमा नराख्न आदेश दिइरहनु भएको छ ।
साथसाथै उहाँ मानिसहरूलाई शुभ समाचार दिन र घृणा नगर्न प्रोत्साहित गर्नुहुन्थ्यो ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. मुमिनको कर्तव्य भनेको मानिसहरूलाई अल्लाहलाई माया गर्न र असल काम गर्न प्रोत्साहित गर्ने हो ।
  2. दाई-इलल्लाह (अल्लाहतर्फ आह्वान गर्ने) व्यक्तिले मानिसहरूलाई हिक्मत (बुद्धि) का साथ इस्लामको आह्वान गर्नुपर्छ ।
  3. सुसमाचारले प्रचारक र उहाँको आह्वानप्रति मानिसहरूमा आनन्द, चासो, र आश्वासन उत्पन्न गर्दछ ।
  4. कठिनाईले उपदेशकको आह्वानप्रति घृणा, दूरी र शंका उत्पन्न गर्छ ।
  5. आफ्ना सेवकहरूमाथि अल्लाहको अपार कृपा किनभने उहाँले उनीहरूका लागि उदारता र सजिलो शरियतमा आधारित धर्म रोज्नुभएको छ ।
  6. सहजता भन्नाले शरियतको शिक्षा अनुसारको सहजता हो ।
थप