हदीसहरूको सूची

जब कुनै मुस्लिमले पाप वा नाता सम्बन्ध तोड्ने काम नगरी कुनै दुआ गर्छ, भने अल्लाहले उसलाई तीन चीजहरू मध्ये एउटा निश्चित रूपमा प्रदान गर्नुहुन्छ: कि त सको दुआ स्वीकार गर्नुहुन्छ, वा उसको दुआलाई परलोकको लागि भण्डारण गर्नुहुन्छ वा उसलाई कुनै घटनाबाट जोगाई दिनुहुन्छ।" सहाबाहरूले सोधे: "त्यसो भए हामी अत्यधिक दुआ गर्छौं " नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाह धेरै उदार हुनुहुन्छ।
عربي अंग्रेजी उर्दू
वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली फर्काउन लाज मान्नुहुन्छ।
عربي अंग्रेजी उर्दू
रसूलुल्लाह ﷺ संक्षिप्त तर व्यापक अर्थ बोकेको दुआलाई मन पराउनुहुन्थ्यो, र अनावश्यक रूपमा लामो वा जटिल दुआलाई छोड्नुहुन्थ्यो।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये कसैले यसो नभन: हे अल्लाह! यदि तपाईं चाहनुहुन्छ भने, मलाई क्षमा गर्नुहोस्, यदि तपाईं चाहनुहुन्छ भने, म माथि दया गर्नुहोस्। यदि चाहनुभयो भने मलाई रोजगारी दिनुहोस्। बरु, उसले आफ्नो माग दृढताका साथ राख्नु पर्छ, किनकि अल्लाह जे चाहनुहुन्छ, त्यो गर्नुहुन्छ, कसैले पनि अल्लाहलाई बाध्य गर्न सक्दैन।
عربي अंग्रेजी उर्दू