عَنْ سَلْمَانَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِنَّ رَبَّكُمْ حَيِيٌّ كَرِيمٌ، يَسْتَحْيِي مِنْ عَبْدِهِ إِذَا رَفَعَ يَدَيْهِ إِلَيْهِ أَنْ يَرُدَّهُمَا صِفْرًا».
[حسن] - [رواه أبو داود والترمذي وابن ماجه] - [سنن أبي داود: 1488]
المزيــد ...
सलमान ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली फर्काउन लाज मान्नुहुन्छ।"
[हसन] - [अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 1488]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दा हात उठाउन प्रोत्साहन गर्नुभयो। सर्वशक्तिमान अल्लाह (हय्य) धेरै लजालु हुनुहुन्छ रउहाँले दान दिन कहिल्यै छोड्नुहुन्न; उहाँले सेवकको लागि त्यही गर्नुहुन्छ जुन सेवकलाई मन पर्छ र उसलाई हानि पुर्याउने कुरा टारिदिनुहुन्छ। (करीम)अर्थात् उदार हुनुहुन्छ; अल्लाह बिना माग पनि दिनुहुन्छ, त माग्दा त झन् बढी दिनुहुन्छ! जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्नो हात फैलाउँछ, उहाँ तिनीहरूलाई खाली, असफल वा निराश फर्काउन लाज मान्नुहुन्छ।