عَنْ سَلْمَانَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِنَّ رَبَّكُمْ حَيِيٌّ كَرِيمٌ، يَسْتَحْيِي مِنْ عَبْدِهِ إِذَا رَفَعَ يَدَيْهِ إِلَيْهِ أَنْ يَرُدَّهُمَا صِفْرًا».
[حسن] - [رواه أبو داود والترمذي وابن ماجه] - [سنن أبي داود: 1488]
المزيــد ...
सलमान ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"वास्तवमा, तिम्रो पालनकर्ता लजालु र उदार हुनुहुन्छ। जब कुनै व्यक्तिले उहाँको अगाडि आफ्ना हातहरू उठाउँछ, तब उहाँले आफ्ना भक्तका हातहरू खाली फर्काउन लाज मान्नुहुन्छ।"
[हसन] - [अबू दाउद, तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 1488]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दा हात उठाउन प्रोत्साहित गर्नुभयो। सर्वशक्तिमान अल्लाह (हय्य) धेरै लजालु र (करीम) अर्थात् उदार हुनुहुन्छ; उहाँले कृपा र वरदान प्रदान गर्न कहिल्यै छोड्नुहुन्न। उहाँले भक्तका लागि त्यही गर्नुहुन्छ, जसले सेवकलाई वास्तविक रूपमा खुसी पार्छ र उसलाई हानि पुऱ्याउने कुरा टारिदिनुहुन्छ। अल्लाह यति धेरै उदार हुनुहुन्छ कि नमाग्दै पनि सबैथोक दिनुहुन्छ, भनेपछि मागेपछि त पक्कै दिनुहुन्छ! जब कुनै साँचो भक्तले उहाँसँग हात फैलाएर प्रार्थना गर्छ, अल्लाहलाई ती हातहरू रित्तो, खाली र निराश बनाएर फर्काउन लाज लाग्छ।