+ -

عَنْ أَنَسٍ رضي الله عنه قَالَ:
كَانَ أَكْثَرُ دُعَاءِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «اللَّهُمَّ رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً، وَفِي الآخِرَةِ حَسَنَةً، وَقِنَا عَذَابَ النَّارِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6389]
المزيــد ...

अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6389]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः व्यापक र संक्षिप्त दुआ (प्रार्थना) हरू गर्नुहुन्थ्यो, जस्तै: "अल्लाहुम्म रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार ।" यस प्रार्थनामा यस संसारका कल्याणहरू जस्तै सुख, शान्ति, समृद्धि, प्रशस्त र पवित्र जीविका, एक धर्मपरायण पत्नी, मनलाई शीतलता प्रदान गर्ने सन्तान, सुखमय जीवन, उपयोगी ज्ञान तथा पुण्य कर्महरू र यस्तै अन्य प्रिय र वैधानिक कुराहरू समावेश छन्। त्यसैगरी, यसमा परलोकका कल्याणहरू जस्तै चिहानको यातनाबाट सुरक्षा, हिसाबकिताबको दिनको कठिनाइबाट मुक्ति, नरकको सजायबाट सुरक्षा, अल्लाहको सन्तुष्टि, स्वर्गको अनन्त सुख र परम दयालु अल्लाहको निकटता प्राप्त गर्ने जस्ता कुराहरू पनि समावेश छन्।

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार व्यापक र संक्षिप्त प्रार्थनाहरू (दुआहरू) छनौट गर्नु मुस्तहब (पुणयदायी) हो।
  2. मानिसले आफ्नो प्रार्थनामा यस लोक र परलोक दुवैको भलाइलाई समावेश गर्नु सबैभन्दा उत्तम हुन्छ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप