+ -

عن عبد الله بن عمرو رضي الله عنهما أن رسول الله صلى الله عليه وسلم قال:
«الدُّنْيَا مَتَاعٌ، وَخَيْرُ مَتَاعِ الدُّنْيَا الْمَرْأَةُ الصَّالِحَةُ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 1467]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यो संसार अस्थायी सुख हो, र संसारको सबैभन्दा राम्रो सुख धर्मपरायण स्त्री हो।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 1467]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, संसार र यसमा भएका सबै चीजहरू वास्तवमा लाभदायक साथै अस्थायी सुख हो, त्यसपछि यसको अन्त्य हुन्छ । यस संसारमा सबैभन्दा राम्रो सुख धर्मपरायण नारी हो । जब उसको पतिले उसलाई हेर्छ तब उसलाई खुसी तुल्याउँछे, जब उसले आदेश दिन्छ तब उसले पालन गर्छे, जब उसलाई छोडेर कतै जान्छ, उसले आफ्नो र आफ्नो पतिको सम्पत्तिको रक्षा गर्छे ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहले आफ्ना सेवकहरूका लागि जायज गर्नुभएको पवित्र चीजहरूबाट लाभ उठाउन अनुमति छ । तर अनावश्यक खर्च र आडम्बर गर्नु हुँदैन ।
  2. राम्रो पत्नी छनोट गर्न प्रोत्साहन गरिएको छ, किनभने उसले आफ्नो पतिलाई अल्लाहको आज्ञा पालन गर्न मद्दत गर्छिन् ।
  3. यस संसारमा सबैभन्दा राम्रो चीज त्यो हो जुन अल्लाहको आज्ञा पालन गर्न उपयोगी हुन्छ वा उहाँको आज्ञा पालन गर्न मद्दत गर्दछ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप