+ -

عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا، وَخَيْرُكُمْ خَيْرُكُمْ لِنِسَائِهِمْ».

[حسن] - [رواه أبو داود والترمذي وأحمد]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको आचरण राम्रो हुन्छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो व्यक्ति त्यो हो जो आफ्नो महिलाहरुप्रति राम्रो हुन्छ ।"

हसन - तिर्मीजीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सबैभन्दा पूर्ण विश्वासी त्यो हो जसको आचरण उत्तम छ, जस्तै मानिसलाई मुस्कुराएर भेट्नु, राम्रोसँग कुरा गर्नु, राम्रो गर्नु र कसैलाई चोट नपुर्याउनु ।
त्यसैगरी, सबैभन्दा राम्रो मुमिन (आस्तिक) त्यो हो जो आफ्नी पत्नी, छोरी, दिदीबहिनी र अन्य नातेदारहरूसँग राम्रो व्यवहार गर्दछ । किनभने यी महिलाहरू असल आचरणको सबैभन्दा बढी हकदार छन् ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. असल आचरणको सद्गुण र यो ईमानको अंश हो ।
  2. अमल (कर्म) पनि आस्थाको अंग हो र ईमान बढ्छ र घट्छ ।
  3. इस्लामले महिलालाई सम्मान दिएको छ र उनीहरूसँग राम्रो व्यवहार गर्न प्रोत्साहित गरेको छ ।
थप