عن أبي هريرة رضي الله عنه قال: قال رسول الله صلى الله عليه وسلم:
«أَكْمَلُ الْمُؤْمِنِينَ إِيمَانًا أَحْسَنُهُمْ خُلُقًا، وَخَيْرُكُمْ خَيْرُكُمْ لِنِسَائِهِمْ».

[حسن] - [رواه أبو داود والترمذي وأحمد] - [سنن الترمذي: 1162]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।"

[हसन] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 1162]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: आस्थाको आधारमा सबैभन्दा पूर्ण त्यो व्यक्ति हो जसको व्यवहार उत्तम हुन्छ, जस्तै मानिसलाई मुस्कुराएर भेट्नु, राम्रोसँग कुरा गर्नु, भलो गर्नु र कसैलाई हानी नपुर्याउनु ।
त्यसैगरी, सबैभन्दा राम्रो मुमिन (आस्थावान) त्यो हो जो आफ्नी पत्नी, छोरी, दिदीबहिनी र अन्य नातेदारहरूसँग राम्रो व्यवहार गर्दछ । किनभने यी महिलाहरू असल व्यवहारको सबैभन्दा बढी हकदार हुने गर्दछन् ।

हदीसका केही फाइदाहरू

  1. राम्रो व्यवहार सद्गुण हो र यो ईमानको अंश हो ।
  2. अमल (कर्म) पनि आस्थाको अंग हो र ईमान बढ्ने र घट्ने गर्दछ ।
  3. इस्लामले महिलालाई सम्मान दिएको छ र उनीहरूसँग राम्रो व्यवहार गर्न प्रोत्साहित गरेको छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप