हदीसहरूको सूची

सबैभन्दा पूर्ण मुमिन (आस्थावान) त्यो हो जसको व्यवहार राम्रो छ र तिमीहरु मध्ये सबैभन्दा राम्रो त्यो हो जो आफ्नो महिलाहरु (छोरी/स्वास्नी)प्रति राम्रो हुन्छ ।
عربي अंग्रेजी उर्दू
पूरा गर्न सबैभन्दा उचित शर्त भनेको त्यो वाचा हो, जसद्वारा तपाईंले महिलाको गोप्य अंगलाई हलाल (वैध) बनाउनुभएको छ ।
عربي अंग्रेजी उर्दू
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्ब-ए-हाजत
عربي अंग्रेजी उर्दू
वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।
عربي अंग्रेजी उर्दू
कुनै पनि मुमिन पुरुषले मुमिन महिलालाई घृणा गर्नु हुँदैन । यदि उसलाई उसको एउटा गुण मन पर्दैन भने अन्य बानी मन पर्नेछ ।
عربي अंग्रेजी उर्दू
“तिमीहरू सबै जिम्मेवार छौँ र प्रत्येकलाई उस्को जिम्मेवारीबारे सोधिनेछ ।
عربي अंग्रेजी उर्दू
तिमीहरूमध्ये जोसँग विवाह गर्ने शक्ति छ, उसले विवाह गरोस्, किनभने यसले नजरलाई तल र गुप्ताङ्गको रक्षा गर्नेछ र जसले त्यसो गर्न सक्दैन, उसले व्रत बसोस्, किनभने व्रतले यौन इच्छालाई कमजोर गर्छ ।
عربي अंग्रेजी उर्दू
यदि कुनै महिलाले आफ्ना अभिभावकहरूको अनुमति बिना विवाह गर्छिन् भने, उनको विवाह अमान्य हुन्छ।" उहाँले यो तीन पटक भन्नुभयो। (त्यसपछि उहाँले भन्नुभयो:) "यदि कुनै पुरुषले त्यस्तो महिलासँग यौनसम्पर्क गर्छ भने, उसको लागि महर (श्रीमानले श्रीमतीलाई दिने हक) छ। यदि अभिभावकहरू असहमत हुन्छन् भने, जसको अभिभावक छैन त्यसका लागि शासक अभिभावक हुन्छ।
عربي अंग्रेजी उर्दू
जसले आफ्नी पत्नीसँग उसको मलद्वारमा सम्भोग गर्छ, उसलाई श्राप दिइएको छ।
عربي अंग्रेजी उर्दू
मैले सोधे: हे रसूल! हामीमध्ये कसैमाथि उसकी पत्नीको के अधिकार छ? उहाँले भन्नुभयो: "तिमी खाँदा उसलाई खुवाऊ, कमाउँदा लुगा लगाइदेऊ, उसको अनुहारमा प्रहार नगर, उसको बारेमा नराम्रो नबोल र घर भित्र बाहेक ऊबाट अलग नहोऊ।
عربي अंग्रेजी उर्दू
जसको दुई पत्नीहरू छन् र उनी ती मध्ये एकतर्फ झुकाव राख्छ, त्यो कियामतको दिन उसको एउटा पाटो बाङ्गो भएर आउनेछ।
عربي अंग्रेजी उर्दू