+ -

عَنْ مُعَاوِيَةَ الْقُشَيْرِيِّ رضي الله عنه قَالَ:
قُلْتُ: يَا رَسُولَ اللَّهِ، مَا حَقُّ زَوْجَةِ أَحَدِنَا عَلَيْهِ؟، قَالَ: «أَنْ تُطْعِمَهَا إِذَا طَعِمْتَ، وَتَكْسُوَهَا إِذَا اكْتَسَيْتَ، أَوِ اكْتَسَبْتَ، وَلَا تَضْرِبِ الْوَجْهَ، وَلَا تُقَبِّحْ، وَلَا تَهْجُرْ إِلَّا فِي الْبَيْتِ»

[حسن] - [رواه أبو داود وابن ماجه وأحمد] - [سنن أبي داود: 2142]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

मुआविया अल-कुशैरी (रजियल्लाहु अन्हुमा)ले भन्नुभएको छ:
मैले भने: हे अल्लाहका रसूल, हाम्रो पत्नीको हामी माथि हक के हो? उहाँले भने: " जब तिमी खान्छौ, उसलाई पनि खुवाउँ, जब तिमी कपडा लगाउँछौ वा तिमीले कमाउँछौ भने, उसलाई पनि कपडा दिइराख, अनुहारमा प्रहार नगर, गाली नगर, र घर बाहेक अरु कुनै ठाउँमा उसलाई नछोड "

[हसन] - [अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2142]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)लाई सोधियो, पतिको पत्नीमाथि के हक हुन्छ? उहाँले केही कुराहरू उल्लेख गर्नुभयो:
पहिलो: आफूले खाना खाँदा मात्र नभइ, उसलाई पनि खान दिनु पर्छ।
दोस्रो: आफ्नो कपडा र लुगामा मात्र ध्यान नदिई, आफ्नो पत्नीलाई पनि कपडा र आवश्यकता अनुसारको लुगा प्रदान गर्नुहोस्।
तेस्रो, श्रीमतीलाई कुनै कारण र आवश्यकता बिना कदापि पिट्न हुँदैन। यदि अनुशासन दिन वा कुनै अनिवार्य कर्तव्य छोडेको कारणले पिट्न आवश्यक भए पनि, त्यसलाई हल्का र पीडा नहुने गरी गर्नुपर्छ। अनुहारमा कदापि प्रहार गर्न हुँदैन, किनभने अनुहार सबैभन्दा महत्त्वपूर्ण र प्रकट अङ्ग हो, जसमा कोमल र संवेदनशील अंगहरू हुन्छन्।
चौथो, श्रीमतीलाई अपशब्द बोल्न वा "तिमीलाई बदसुरत बनाओस्" भन्नु हुँदैन। उसको अनुहार वा शरीरका कुनै पनि अङ्गलाई कुरूपता वा खराबीको सँग जोड्नु गलत हो, किनभने ईश्वरले नै मानव अनुहार र शरीरको संरचना गर्नु भएको हो र उहाँले प्रत्येक चीजलाई उत्कृष्ट बनाउनु भएको छ। सिर्जना गरेको कुराको निन्दा गर्नु भनेको स्रष्टाको निन्दा गर्नु हो, जसबाट बच्न आवश्यक छ।
पाँचौं, श्रीमतीसँग दूरी राख्दा केवल शय्या (सुत्ने स्थान) मा मात्र दूरी राख्नुपर्छ। न त तपाईंले उहाँबाट टाढा सर्नुपर्छ, न त उहाँलाई अर्को ठाउँमा पठाउनुपर्छ। यो व्यवहार प्रायः श्रीमान्-श्रीमतीबीचको असमझदारीमा देखिने सामान्य स्थिति सम्बोधन गर्नका लागि हो।

हदीसका केही फाइदाहरू

  1. सहाबाहरू अरूको लागि पूरा गर्नुपर्ने अधिकारहरू जान्न र आफूसँग भएका अधिकारहरू जान्न उत्सुक थिए।
  2. महिलाको लागि खर्च, वस्त्र, र आवास प्रदान गर्नु पतिको अनिवार्य जिम्मेवारी हो।
  3. नैतिक र शारीरिक कुरूपताको निषेध गरिएको छ।
  4. मनाही गरिएको खराब कुराहरुमा यो पनि समावेश छ कि यो भन्नु: "तिमी एक नराम्रो जाति/कुलका हौ", वा "तिमी एक खराब परिवारका हौ", वा यस्ता अन्य समकक्ष कुराहरु।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप