عَنْ عَائِشَةَ أُمِّ المُؤْمِنينَ رَضِي اللهُ عنْها قَالَتْ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«أَيُّمَا امْرَأَةٍ نَكَحَتْ بِغَيْرِ إِذْنِ مَوَالِيهَا، فَنِكَاحُهَا بَاطِلٌ -ثَلَاثَ مَرَّاتٍ- فَإِنْ دَخَلَ بِهَا فَالْمَهْرُ لَهَا بِمَا أَصَابَ مِنْهَا، فَإِنْ تَشَاجَرُوا فَالسُّلْطَانُ وَلِيُّ مَنْ لَا وَلِيَّ لَهُ».
[صحيح] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن أبي داود: 2083]
المزيــد ...
उम्मुल-मुमिनीन (आस्थावानहरूकि आमा) आइशा (रजियल्लाहु अन्हा)ले बयान गरेकि छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ:
"कुनै पनि महिलाले आफ्ना वली (अभिभावकहरू)को अनुमति बिना विवाह गरेमा, उनको विवाह अवैध हुन्छ" (यो कुरा तीन पटक भन्नुभयो)। "तर यदि पुरुषले विवाहको नाममा उसलाई स्पर्श गरिसकेको छ भने, उसले महिलालाई महर (श्रीमानले श्रीमतीलाई दिने दाइजो) दिनुपर्छ किनभने उसले उसबाट लाभ उठाएको छ। र यदि विवाद हुन्छ भने, जसको कुनै अभिभावक छैन, त्यसका लागि शासक अभिभावक हुन्छ।"
[सही] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2083]
नबी (सलल्लाहु अलैहि वसल्लम)ले महिलालाई आफ्नो अभिभावकको अनुमति बिना आफ्नो विवाह आफैं गर्नबाट चेतावनी दिनुभएको छ। यस्तो विवाहलाई अमान्य (बातिल) मानिन्छ। नबीले यसलाई तीन पटक दोहोर्याउनुभएको छ, मानौं यस्तो विवाह कहिल्यै भएको नै थिएन।
यदि त्यो पुरुषले, जसले महिलासँग बिना अभिभावकको अनुमति विवाह गर्यो, त्यस महिलासँग शारीरिक सम्बन्ध बनायो भने, उसले सम्पूर्ण महर दिनुपर्नेछ, जुन उसले सम्बन्धको कारणले पाएको हकको आधारमा हुनेछ।
यदि महिलाको अभिभावकहरूले विवाहको जिम्मेवारीमा विवाद गर्छन्, र उनीहरू सबैको अधिकार बराबर छ भने, जसले पहिले विवाहको लागि कदम चाल्छ, (यो महिलाको हितको लागि हो भने) उसलाई यो अधिकार दिइन्छ।
तर यदि अभिभावकले विवाह गर्न अस्वीकार गर्छ भने, उसले आफ्नो अधिकार त्याग गरिसकेको छ। यस्तो अवस्थामा, शासक वा उनका प्रतिनिधि, जस्तै न्यायाधीश, महिलाको अभिभावक बन्छन्।
यद्यपि, जबसम्म वास्तविक अभिभावक उपलब्ध छन भने शासकलाई यो अधिकार हुँदैन।