+ -

عن أبي موسى رضي الله عنه أن النبي صلى الله عليه وسلم قال:
«لا نِكَاحَ إِلّا بِوَليٍّ».

[صحيح] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن أبي داود: 2085]
المزيــد ...

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।"

[सही] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2085]

व्याख्या

वली (अभिभावक) बिना निकाह सही हुँदैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नु भएको छ । त्यसैले महिलाको लागि एक अभिभावक हुनु आवश्यक छ जसले उनको विवाह गराउनेछ ।

हदीसका केही फाइदाहरू

  1. विवाह मान्य हुनको लागि वली (अभिभावक) को सहभागिता अनिवार्य शर्त हो । यदि विवाह अभिभावकको अनुपस्थितिमा भएको हो वा महिलाले आफैंले विवाह गरेमा उसको विवाह मान्य हुने छैन ।
  2. वली भन्नाले नातामा महिलाको सबैभन्दा नजिकको पुरुषलाई जनाउँछ । त्यसैले नजिकको वली हुँदाहुँदै टाढाको वलीले विवाह गराउन मिल्दैन ।
  3. वली (अभिभावक) मा हुनुपर्ने शर्तहरू: मुकल्लफ हुनु (जिम्मेवार), पुरुष हुनु, निकाहका फाइदाहरू बुझ्ने उमेर पुगिसकेको वालिग साथै वली (अभिभावक) र संरक्षकत्वमा रहेको महिला एउटै धर्म मान्ने भएको हुनुपर्छ । जोसँग यी गुणहरू छैनन्, उ निकाह गराउने वली (अभिभावक) बन्न योग्य हुनेछैन ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्