عن أبي موسى رضي الله عنه أن النبي صلى الله عليه وسلم قال:
«لا نِكَاحَ إِلّا بِوَليٍّ».

[صحيح] - [رواه أبو داود والترمذي وابن ماجه وأحمد] - [سنن أبي داود: 2085]
المزيــد ...

अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"वली (अभिभावक) बिना निकाह (विवाह) हुँदैन ।"

[सही] - [अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2085]

व्याख्या

वली (अभिभावक) बिना निकाह सही हुँदैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नु भएको छ । त्यसैले महिलाको लागि एक अभिभावक हुनु आवश्यक छ जसले उनको विवाह गराउनेछ ।

हदीसका केही फाइदाहरू

  1. विवाह मान्य हुनको लागि वली (अभिभावक) को सहभागिता अनिवार्य शर्त हो । यदि विवाह अभिभावकको अनुपस्थितिमा भएको हो वा महिलाले आफैंले विवाह गरेमा उसको विवाह मान्य हुने छैन ।
  2. वली भन्नाले नातामा महिलाको सबैभन्दा नजिकको पुरुषलाई जनाउँछ । त्यसैले नजिकको वली हुँदाहुँदै टाढाको वलीले विवाह गराउन मिल्दैन ।
  3. वली (अभिभावक) मा हुनुपर्ने शर्तहरू: मुकल्लफ हुनु (जिम्मेवार), पुरुष हुनु, निकाहका फाइदाहरू बुझ्ने उमेर पुगिसकेको वालिग साथै वली (अभिभावक) र संरक्षकत्वमा रहेको महिला एउटै धर्म मान्ने भएको हुनुपर्छ । जोसँग यी गुणहरू छैनन्, उ निकाह गराउने वली (अभिभावक) बन्न योग्य हुनेछैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)