عن عُمر بن أبي سلمة رضي الله عنه قال:
كُنْتُ غُلَامًا فِي حَجْرِ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وَكَانَتْ يَدِي تَطِيشُ فِي الصَّحْفَةِ، فَقَالَ لِي رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «يَا غُلَامُ، سَمِّ اللهَ، وَكُلْ بِيَمِينِكَ، وَكُلْ مِمَّا يَلِيكَ» فَمَا زَالَتْ تِلْكَ طِعْمَتِي بَعْدُ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5376]
المزيــد ...

उमर बिन अबू सलमह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
म एउटा बच्चा थिएँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हेरचाहमा थिएँ । मेरो हात (खाँदै गर्दा) भाँडोमा यताउता घुमिरहेको थियो, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो: " ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ ।" त्यसपछि म सधैं त्यही निर्देशन अनुसार खाना खाने गर्थें ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5376]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पत्नी; उम्मे सल्मा (रजियल्लाहु अन्हा) को छोरा उमर बिन अबू सल्मा, (जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अभिभावकत्वमा थिए) ले बयान गरेका छन्, म खाना खाँदा आफ्नो हात खाना टिप्नका लागि थालीमा घुमाउने गर्थें र जताततैबाट खाना उठाउँथे, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई खाना खाने तीनवटा आचरण/तरिकाहरू सिकाउनुभयो:
१) खाना खानुअघि बिस्मिल्लाह पढ्नु ।
२) दाहिने हातले खाना खानु ।
३) खाना आफ्नो सामु नजिक को भी भागबाट खानु ।

हदीसका केही फाइदाहरू

  1. खाने र पिउने एउटा शिष्ट तरिका मध्ये सुरुमा बिस्मिल्लाह भन्नु हो ।
  2. बालबालिकालाई मर्यादित व्यवहार सिकाउनुपर्छ । विशेष गरी ती बच्चाहरूलाई जो तपाईंको हेरचाहमा छन् ।
  3. बच्चाहरुलाई शिक्षा दिन र मर्यादित व्यवहार सिकाउनमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता र उदारता ।
  4. खाना खाने एउटा मर्यादित व्यवहार भनेको मानिसले आफ्नो अगाडि तर्फ बाट खानुपर्छ । हो! यदि प्लेटमा विभिन्न प्रकारका खानेकुराहरू छन् भने भाँडाको कुनै पनि भागबाट लिन अनुमति छ ।
  5. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँद्वारा सिकाइएको आचरणलाई कडाईका साथ निरन्तर पालना गर्थे । यो उमर बिन अबू सलमाको कथनबाट प्रष्ट हुन्छः ‘त्यसपछि म सधैं यही निर्देशन अनुसार खाना खाइरहेँ’ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (59)
थप