+ -

عن عُمر بن أبي سلمة رضي الله عنه قال:
كُنْتُ غُلَامًا فِي حَجْرِ رَسُولِ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، وَكَانَتْ يَدِي تَطِيشُ فِي الصَّحْفَةِ، فَقَالَ لِي رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «يَا غُلَامُ، سَمِّ اللهَ، وَكُلْ بِيَمِينِكَ، وَكُلْ مِمَّا يَلِيكَ» فَمَا زَالَتْ تِلْكَ طِعْمَتِي بَعْدُ.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 5376]
المزيــد ...

उमर बिन अबू सलमह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
म एउटा बच्चा थिएँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हेरचाहमा थिएँ । मेरो हात (खाँदै गर्दा) भाँडोमा यताउता घुमिरहेको थियो, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो: " ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ ।" त्यसपछि म सधैं त्यही निर्देशन अनुसार खाना खाने गर्थें ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 5376]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पत्नी; उम्मे सल्मा (रजियल्लाहु अन्हा) को छोरा उमर बिन अबू सल्मा, (जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अभिभावकत्वमा थिए) ले बयान गरेका छन्, म खाना खाँदा आफ्नो हात खाना टिप्नका लागि थालीमा घुमाउने गर्थें र जताततैबाट खाना उठाउँथे, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई खाना खाने तीनवटा आचरण/तरिकाहरू सिकाउनुभयो:
१) खाना खानुअघि बिस्मिल्लाह पढ्नु ।
२) दाहिने हातले खाना खानु ।
३) खाना आफ्नो सामु नजिक को भी भागबाट खानु ।

हदीसका केही फाइदाहरू

  1. खाने र पिउने एउटा शिष्ट तरिका मध्ये सुरुमा बिस्मिल्लाह भन्नु हो ।
  2. बालबालिकालाई मर्यादित व्यवहार सिकाउनुपर्छ । विशेष गरी ती बच्चाहरूलाई जो तपाईंको हेरचाहमा छन् ।
  3. बच्चाहरुलाई शिक्षा दिन र मर्यादित व्यवहार सिकाउनमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता र उदारता ।
  4. खाना खाने एउटा मर्यादित व्यवहार भनेको मानिसले आफ्नो अगाडि तर्फ बाट खानुपर्छ । हो! यदि प्लेटमा विभिन्न प्रकारका खानेकुराहरू छन् भने भाँडाको कुनै पनि भागबाट लिन अनुमति छ ।
  5. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँद्वारा सिकाइएको आचरणलाई कडाईका साथ निरन्तर पालना गर्थे । यो उमर बिन अबू सलमाको कथनबाट प्रष्ट हुन्छः ‘त्यसपछि म सधैं यही निर्देशन अनुसार खाना खाइरहेँ’ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी इटालियन ओरोमो कन्नड الولوف अजेरी युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्
थप