عن ابن عمر رضي الله عنهما أن رسول الله صلى الله عليه وسلم قال:
«إِذَا أَكَلَ أَحَدُكُمْ فَلْيَأْكُلْ بِيَمِينِهِ، وَإِذَا شَرِبَ فَلْيَشْرَبْ بِيَمِينِهِ، فَإِنَّ الشَّيْطَانَ يَأْكُلُ بِشِمَالِهِ، وَيَشْرَبُ بِشِمَالِهِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2020]
المزيــد ...

अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब तिमीहरूमध्ये कसैले खाना खान्छ भने दायाँ हातले खानुपर्छ, र जब पिउँछ भने दायाँ हातले पिउनुपर्छ। किनकि शैतानले आफ्नो बायाँ हातले खान्छ र पिउँछ।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2020]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरूलाई दाहिने हातले खान र पिउन आदेश दिनुभएको छ र देब्रे हातले खान र पिउन निषेध गर्नुभएको छ; किनभने शैतानले देब्रे हातले खान्छ र देब्रे हातले पिउछ ।

हदीसका केही फाइदाहरू

  1. देब्रे हातले खानपिन गरेर शैतानको नक्कल गर्न निषेध गरिएको छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (58)
थप