عَنْ جَابِرِ بْنِ عَبْدِ اللهِ رضي الله عنهما أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«اتَّقُوا الظُّلْمَ، فَإِنَّ الظُّلْمَ ظُلُمَاتٌ يَوْمَ الْقِيَامَةِ، وَاتَّقُوا الشُّحَّ، فَإِنَّ الشُّحَّ أَهْلَكَ مَنْ كَانَ قَبْلَكُمْ، حَمَلَهُمْ عَلَى أَنْ سَفَكُوا دِمَاءَهُمْ وَاسْتَحَلُّوا مَحَارِمَهُمْ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2578]
المزيــد ...
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ :
"अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए। यसै अत्यधिक लोभ र लालसाले उनीहरूलाई एकअर्कासँग रक्तपात गर्न र अवैध तथा वर्जित कार्यहरू गर्न उक्साएको थियो।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2578]
यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्यायविरुद्ध चेतावनी दिनुभएको छ, जस्तै: एकअर्कामाथि अन्याय गर्नु, आफूमाथि अन्याय गर्नु र अल्लाहको अधिकारमा अन्याय गर्नु इत्यादि। अन्याय र अत्याचार भनेको हकदारलाई उसको हक नदिनु हो । न्यायको दिनमा दमन गर्नेहरू कष्ट र कठिन परिस्थितिमा हुनेछन् । उहाँले अत्यधिक कन्जुस्याइँ र लोभ गर्न मनाही गर्नुभएको छ, जसलाई अरबी भाषामा ‘शुह’ भनिन्छ। यस अन्तर्गत आर्थिक अधिकारहरू पूरा नगर्नु र संसारिक जिवन र वस्तुहरु प्रतिको चरम लोभ पर्दछ। यस प्रकारको अन्यायले हामीभन्दा अघिका राष्ट्रहरूलाई नष्ट गर्यो, किनकि यसले उनीहरूलाई एकअर्काको ज्यान लिन र अल्लाहले निषेध गर्नुभएको कुराहरुलाई गर्न हुन प्रेरित गर्यो।