+ -

عن أنس بن مالك رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ لَا يَرُدُّ الطِّيبَ.

[صحيح] - [رواه البخاري]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) फिर्ता गरेनन् ।

सही - बुखारीले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बानी के थियो भने उहाँले सुगन्धलाई अस्वीकार गर्नुभएन । कसैले सुगन्ध दियो भने ग्रहण गर्नुहुन्थ्यो, किनकि पहिलो त यो बोक्न सजिलो हुन्छ र दोस्रोमा मिठो बास्ना आउँछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. अत्तर (सुगन्ध) को उपहार ग्रहण गर्नु मुस्तहब हो । किनकि यसलाई सँगै राख्न गाह्रो छैन र स्वीकार गरेर कसैलाई कृतज्ञताको बोझ बन्नु पर्दैन ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि अत्तर अस्वीकार गर्नुभएन र उहाँ उपहार स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको असल र उच्च आचरणको एक उदाहरण मात्र हो ।
  3. अत्तर (सुगन्ध) प्रयोग गर्न प्रोत्साहन ।
थप