عن أنس بن مالك رضي الله عنه:
أَنَّ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ كَانَ لَا يَرُدُّ الطِّيبَ.

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 2582]
المزيــد ...

अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
(यदि कसैले उपहार स्वरूप दिएमा) रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर (सुगन्ध) लाई कहिल्यै पनि अस्वीकार गर्नु हुन्थेन।

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 2582]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बानी के थियो भने उहाँले सुगन्धलाई अस्वीकार गर्नु हुन्थिएन। कसैले सुगन्ध दियो भने स्वीकार गर्नुहुन्थ्यो, किनकि यो सँगै राख्न सजिलो हुन्छ र मिठो बास्ना आउँछ ।

हदीसका केही फाइदाहरू

  1. अत्तर (सुगन्ध) को उपहार स्वीकार गर्नु मुस्तहब हो । किनकि यसलाई सँगै राख्न कुनै अप्ठ्यारो हुँदैन र स्वीकार गरेर कसै को कृतज्ञताको भार वहन गर्नुपर्दैन ।
  2. नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि अत्तर अस्वीकार गर्नुभएन र उहाँ उपहार स्वीकार गर्नुहुन्थ्यो । यो उहाँको असल चरित्र र व्यवहार एक उदाहरण मात्र हो ।
  3. अत्तर (सुगन्ध) प्रयोग गर्न प्रोत्साहन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (63)
थप