+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لاَ يُصَلِّي أَحَدُكُمْ فِي الثَّوْبِ الوَاحِدِ لَيْسَ عَلَى عَاتِقَيْهِ شَيْءٌ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 359]
المزيــد ...

अबू हुरैरह (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ :
"तिमीहरूमध्ये कोही पनि एउटा कपडामा यस अवस्थामा नमाज नपढोस् कि उसका काँधमाथि केही नहोस्।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 359]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले त्यो व्यक्तिलाई जसले एकै कपडामा नमाज पढिरहेको छ, उसको काँध र घाँटी बीचको क्षेत्रलाई यति खुला नगर्न चेतावनी दिनुभयो कि त्यहाँ केही पनि राखेर ढाक्न नदिई त्यहाँको भाग उघारो रहोस्; किनकि यद्यपि काँधहरू अर्धनग्न (अवरत) होइनन्, तिनीहरूलाई ढाक्नु भनेको अवरतलाई ढाक्नका लागि सबभन्दा उपयुक्त उपाय हो, र यो नमाजको दौरान अल्लाहको अगाडि उभिएर उनको सम्मान र महानता प्रकट गर्नका लागि निकटतम हुन्छ।

हदीसका केही फाइदाहरू

  1. एउटै कपडामा नमाज पढ्नु अनुमति छ, यदि कपडाले आवश्यक स्थानहरु छोपेको छ भने।
  2. दुई कपडामा नमाज पढ्नको अनुमति छ, यदि एउटा कपडा माथिको शरीरलाई र अर्को कपडा तलको शरीरलाई छोप्छ भने ।
  3. नमाज अदा गर्ने व्यक्तिले सुन्दर पहिरनमा हुनु राम्रो मानिएको छ।
  4. यदि सम्भव छ भने, दुबै काँध वा कम्तिमा एक काँध छोप्न आवश्यक छ। तर केही विद्वान्हरूको मतमा यो आदेश अनुशंसा को लागि हो, बाध्यता होइन।
  5. सहाबाको (रज़ियल्लाहु अन्हुम) धनको कमी, यहाँसम्म कि तिनीहरूमध्ये कतिपयसँग दुईवटा लुगा पनि थिएन।
  6. इमाम नववीले हदीसको अर्थमा भनेका छन्: यसको हिकमत यो हो कि जब मानिसले केवल एकै कपडा कमरमा बेरेर नमाज पढ्छ र त्यस कपडाको कुनै भाग आफ्नो काँधमा राख्दैन, यसको सम्भावना रहन्छ कि उसको गोप्य अंग प्रकट हुन सक्छ। तर यदि कपडाको केही भाग काँधमा राखिन्छ, यस्तो जोखिम हुँदैन।
  7. साथै, यस अवस्थामा मानिसले आफ्नो हातले कपडा समाउनुपर्ने आवश्यकता पर्न सक्छ, जसले गर्दा उसको नमाजका सुन्नत कार्यहरू, जस्तै दाहिने हातलाई बायाँ हातमुनि छातीको तल राख्नु, हात उठाउनु पर्ने स्थानमा हात उठाउनु, र यस्तै अरू कार्यहरू छुट्न सक्छ। यसबाहेक, यसमा शरीरको माथिल्लो भाग, जुन सौन्दर्य र सम्मानको स्थान हो, ढाक्ने अभ्यास पनि छोडिन्छ। यस सम्बन्धमा अल्लाहले भनेका छन्: "तिमीहरू आफ्नो सौन्दर्य (र सम्मान)का वस्त्र लगाऊ नमाजका समयमा)" [अल-आराफः 31]।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम सवाहिली थाई पुश्तु असमिया अम्हारिक डच गुजराती हंगेरी
अनुवादहरू हेर्नुहोस्