عَنِ ابْنِ عَبَّاسٍ رضي الله عنهما عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ عَادَ مَرِيضًا، لَمْ يَحْضُرْ أَجَلُهُ فَقَالَ عِنْدَهُ سَبْعَ مِرَارٍ: أَسْأَلُ اللَّهَ الْعَظِيمَ رَبَّ الْعَرْشِ الْعَظِيمِ أَنْ يَشْفِيَكَ، إِلَّا عَافَاهُ اللَّهُ مِنْ ذَلِكَ الْمَرَضِ».
[صحيح] - [رواه أبو داود والترمذي وأحمد] - [سنن أبي داود: 3106]
المزيــد ...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहिवसल्लम) ले भन्नुभएको छ:
"जसले कुनै यस्तो बिरामी व्यक्तिको स्वास्थ्य सोधपुछ गर्दछ, जसको मृत्युको समय नजिक आएको हुँदैन र उसको नजिक सात पटक यो भन्दछ: {अस्अलुल्लाहल् अजीम रब्बल् अर्शिल् अजीम अइ यश्फिय-क}, अर्थात्: 'म महान् अर्श (सिंहासन) को स्वामी अल्लाहसँग तिम्रो स्वास्थ्य लाभको प्रार्थना गर्दछु,' भने अल्लाहले उसलाई त्यस रोगबाट निश्चित रूपमा मुक्ति (स्वास्थ्य लाभ) प्रदान गर्नुहुनेछ।"
[सही] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 3106]
नबी ﷺ ले खबर दिनुभयो कि कुनै मुस्लिमले अर्को मुस्लिमलाई उसको रोगमा भेट्न गयो, जुन रोगमा उसको मृत्युको समय अझै आएको छैन र त्यसपछि आगन्तुकले बिरामीको लागि यसो भन्दै प्रार्थना गर्छ: "(म महान् अल्लाह सँग माग्छु) — जो आफ्नो सत्ता, गुण र कार्यहरूमा महान छन्, — (महान् अर्शको प्रभु, म हजुरलाई निको पार्न अनुरोध गर्दछु)" र उसले यो सात पटक दोहोर्याउछ भने अल्लाहले उसको रोग निको पार्नुहुन्छ।