عَنِ ابْنِ عَبَّاسٍ رضي الله عنهما عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَنْ عَادَ مَرِيضًا، لَمْ يَحْضُرْ أَجَلُهُ فَقَالَ عِنْدَهُ سَبْعَ مِرَارٍ: أَسْأَلُ اللَّهَ الْعَظِيمَ رَبَّ الْعَرْشِ الْعَظِيمِ أَنْ يَشْفِيَكَ، إِلَّا عَافَاهُ اللَّهُ مِنْ ذَلِكَ الْمَرَضِ».
[صحيح] - [رواه أبو داود والترمذي وأحمد] - [سنن أبي داود: 3106]
المزيــد ...
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"यदि कुनै व्यक्तिले मृत्युको समय नजिक नआएको बिरामीलाई भेट्न जान्छ र यो प्रार्थना सात पटक पढ्छ: "म महान सिंहासनका स्वामी अल्लाहसँग बिन्ती गर्दछु, अल्लाहले तिमीलाई निको पारुन्," अल्लाहले उसको रोग निको पार्नुहुनेछ।"
[सही] - [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 3106]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यदि कुनै मुस्लिमले मृत्युको समय नजिक नआएको बिरामीलाई भेट्न जान्छ र त्यसपछि आगन्तुकले बिरामीको लागि यसो भन्दै प्रार्थना गर्छ: "म महान सिंहासनका स्वामी अल्लाहसँग बिन्ती गर्दछु, अल्लाहले तिमीलाई निको पारुन्," र उसले सात पटक दोहोर्याउछ भने अल्लाहले उसको रोग निको पार्नुहुन्छ।