عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ أَنَّ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«يَعْقِدُ الشَّيْطَانُ عَلَى قَافِيَةِ رَأْسِ أَحَدِكُمْ إِذَا هُوَ نَامَ ثَلاَثَ عُقَدٍ يَضْرِبُ كُلَّ عُقْدَةٍ عَلَيْكَ لَيْلٌ طَوِيلٌ، فَارْقُدْ، فَإِنِ اسْتَيْقَظَ فَذَكَرَ اللَّهَ، انْحَلَّتْ عُقْدَةٌ، فَإِنْ تَوَضَّأَ انْحَلَّتْ عُقْدَةٌ، فَإِنْ صَلَّى انْحَلَّتْ عُقْدَةٌ، فَأَصْبَحَ نَشِيطًا طَيِّبَ النَّفْسِ، وَإِلَّا أَصْبَحَ خَبِيثَ النَّفْسِ كَسْلاَنَ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1142]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ,
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"तिमीहरूमध्ये प्रत्येक मानिस राति सुत्दा शैतानले उसको टाउको पछाडि तीनवटा गाँठो बाँध्छ र प्रत्येक गाँठोमा फुँक्छ र भन्छ, 'सुत, अझै धेरै रात बाँकी छ। यदि कोही उठेर अल्लाहलाई सम्झन्छ भने, एउटा गाँठो खुल्छ। यदि उसले वुजू गर्छ भने, अर्को गाँठो खुल्छ। यदि उसले प्रार्थना गर्छ भने, अर्को गाँठो पनि खुल्छ। यसरी, ऊ ऊर्जावान र राम्रो स्वभावको रहन्छ। अन्यथा, ऊ दुःखी र सुस्त रहन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1142]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तहज्जुद वा फज्रको नमाजको लागि उठ्न चाहने व्यक्तिलाई शैतानले कसरी रोक्न खोज्छ भनेर व्याख्या गर्दै हुनुहुन्छ।
जब मोमिन सुत्न जान्छ, शैतानले उसको टाउकोको पछाडि तीनवटा गाँठो बाँध्छ।
जब ऊ उठ्छ अनि अल्लाहको नाम लिन्छ र शैतानको वस्वसा (फुसफुस) बाट विचलित हुँदैन भने एउटा गाँठो खुल्छ।
त्यसपछि, यदि उसले वुजू गर्छ भने, दोस्रो गाँठो खुल्छ ।
त्यसपछि, यदि उसले उठेर प्रार्थना गर्छ भने तेस्रो गाँठो पनि खुल्छ र ऊ ऊर्जावान र प्रसन्न अवस्थामा उठ्छ। किनभने ऊ आज्ञाकारिताको लागि ईश्वरीय मार्गदर्शन प्राप्त गरेकोमा खुसी हुन्छ। साथै उसलाई अल्लाहले वाचा गरेको इनाम र माफीको लागि आशा हुन्छ र ऊ शैतानको चाल असफल भएकोमा पनि खुसी हुन्छ। यसको विपरीत, यदि ऊ उपासनाको लागि उठ्दैन भने, दुष्ट स्वभावको, दुःखी हृदयको र असल र धार्मिक कामहरूमा अल्छी हुन्छ, किनभने ऊ शैतानको साङ्लोले बाँधिएको हुन्छ र परम दयालुको निकटताबाट टाढा राखिन्छ।