+ -

عن أبي هريرة رضي الله عنه:
أَنَّ رَجُلًا قَالَ لِلنَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: أَوْصِنِي، قَالَ: «لَا تَغْضَبْ» فَرَدَّدَ مِرَارًا قَالَ: «لَا تَغْضَبْ».

[صحيح] - [رواه البخاري] - [صحيح البخاري: 6116]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट केही वसीयत (सल्लाह दिन) आग्रह गरे र उहाँले भन्नुभयो: "रिसाउनु हुँदैन ।" उनले यो प्रश्न बारम्बार दोहोर्‍याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।

[सही] - [बुखारीले वर्णन गरेका छन्] - [सही बुखारी - 6116]

व्याख्या

एक जना सहाबा मध्ये अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही लाभदायक कुरा बताउन आग्रह गरे र उहाँले रिसाउनु हुँदैन भन्नुभयो । अर्थात्, पहिले तपाईं रिस उठ्ने कुराबाट टाढा रहनुहोस् र यदि रिस उठ्यो भने आफूलाई नियन्त्रण गर्नुहोस् र क्रोधित भएको बेला हत्या, हिंसा र गालीगलौज इत्यादिबाट जोगिनुहोस् ।
उनले वसीयत गर्न बारम्बार दोहोर्‍याए तर उहाँले हरेक पटक रिसाउनु हुदैन भनिरहनुभयो ।

हदीसका केही फाइदाहरू

  1. यस हदीसमा, रिस र क्रोधलाई निम्त्याउने चीजहरू बाट जोगिन चेतावनी दिइएको छ । किनभने क्रोध सबै खराबीको जरो हो र यसबाट स्वयंलाई पर राख्नु नै सबै भलाईको स्रोत हो ।
  2. अल्लाहका लागि रिसाउनु, जस्तै निषेधित कार्यहरूको अवज्ञा गर्दा क्रोधित हुनु, एक प्रशंसनीय कुरा हो ।
  3. आवश्यक परेमा कुरा दोहोर्‍याउनु पर्छ, ताकि श्रोताले राम्रोसँग बुझोस् र कुराको महत्त्व उसको मनमस्तिष्कमा बसोस् ।
  4. विद्वान व्यक्तिसित वसीयत (सल्लाह) माग्नुको फाइदा।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप