عَنْ عَبْدِ اللَّهِ بْنِ بُسْرٍ رَضِيَ اللَّهِ عَنْهُ قَالَ: أَتَى النَّبِيَّ رَجُلٌ، فَقَالَ: يَا رَسُولَ اللَّهِ! إِنَّ شَرَائِعَ الإِسْلَامِ قَدْ كَثُرَتْ عَلَيْنَا، فَبَابٌ نَتَمَسَّكُ بِهِ جَامِعٌ؟ قَالَ:
«لاَ يَزَالُ لِسَانُكَ رَطْبًا مِنْ ذِكْرِ اللَّهِ».
وفي رواية: مِنْ حَدِيثِ مُعَاذِ بْنِ جَبَلٍ رَضِيَ اللَّهُ عَنْهُ: آخِرُ مَا فَارَقْتُ عَلَيْهِ رَسُولَ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ أَنْ قُلْتُ: أَيُّ الأَعْمَالِ خَيْرٌ وَأَقْرَبُ إِلَى اللَّهِ؟ قَالَ: «أَنْ تَمُوتَ وَلِسَانُكَ رَطْبٌ مِنْ ذِكْرِ اللَّهِ عَزَّ وَجَلَّ».
[صحيح] - [رواه أحمد والترمذي وابن ماجه وابن حبان] - [الأربعون النووية: 50]
المزيــد ...
अब्दुल्लाह बिन बुस्र (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र भने: "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! इस्लामका नियम र कर्तव्यहरू हाम्रा लागि अत्यधिक भएका छन्, त्यसैले हामीलाई कुनै यस्तो एउटा मूल सिद्धान्त बताइदिनुहोस्, जसको पालना हामीले दृढतापूर्वक गर्न सकौँ।" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"तिम्रो बोली सधैं अल्लाहको स्मरण र जिक्रमा तल्लीन रहोस्।"
[सही] - [رواه أحمد والترمذي وابن ماجه وابن حبان] - [الأربعون النووية - 50]
एक जना मान्छेले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सित गुनासो गर्यो, नफ्ली (ऐच्छिक) उपासनाहरूको संख्या धेरै भएको अनि आफु कमजोर भएकोले त्कायसलाई पुरा गर्न असमर्थ छु। त्यसपछि उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई एउटा सजिलो कामको लागि मार्गदर्शन गर्न आग्रह गरे जसले ठूलो प्रतिफल ल्याउनेछ, जुन उसले पालन गर्न र दृढतापूर्वक समात्न सक्नेछ।
सो अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई यसको तरिका बताउनु भयो, निरन्तर मुखमा अल्लाह जिक्र होस् र हरेक अवस्था र हालतमा अल्लाहको याद होस्; जिक्रमा सुब्हानल्लाह, अल्हम्दुदिल्लाह, अस्तग्फिरुल्लाह आदि दुआहरू ।