श्रेणी:
+ -

عَنِ النَّوَّاسِ بْنِ سِمْعَانَ رَضِيَ اللهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«البِرُّ: حُسْنُ الخُلُقِ، وَالإِثْمُ مَا حَاكَ فِي صَدْرِكَ، وَكَرِهْتَ أَنْ يَطَّلِعَ عَلَيْهِ النَّاسُ». وَعَنْ وَابِصَةَ بْنِ مَعْبَدٍ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: أَتَيْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ فَقَالَ: «جِئْتَ تَسْأَلُ عَنِ البِرِّ وَالإِثْمِ»، قُلْتُ: نَعَمْ، قَالَ: «اسْتَفْتِ قَلْبَكَ، البِرُّ: مَا اطْمَأَنَّتْ إلَيْهِ النَّفْسُ، وَاطْمَأَنَّ إلَيْهِ القَلْبُ، وَالإِثْمُ: مَا حَاكَ فِي نَفْسِكَ وَتَرَدَّدَ فِي الصَّدْرِ، وَإِنْ أَفْتَاكَ النَّاسُ وَأَفْتَوْكَ».

[صحيح] - [الحديث الأول: رواه مسلم، والحديث الثاني: رواه أحمد والدارمي.] - [الأربعون النووية: 27]
المزيــد ...

नव्वास बिन सिम्आन (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"सद्गुण र पुण्य भनेको राम्रो आचरण हो र पाप त्यो हो जसले तिम्रो हृदयलाई असजिलो बनाउँछ वा मनमा खट्कन्छ र जसलाई अरूले थाहा पाऊन् भन्ने तिमीलाई मन पर्दैन।"

[सही] - [الحديث الأول: رواه مسلم، والحديث الثاني: رواه أحمد والدارمي] - [الأربعون النووية - 27]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पुण्य र पाप को बारेमा बताउँदै भन्नुभयो: "निश्चय नै भलाइ र पुण्य को सबैभन्दा ठूलो गुण अल्लाहप्रति तक्वा (डर र भक्ति) सहितको राम्रो आचरण हो । सृष्टि (मानिसहरू) प्रति सहनशीलता, कम क्रोध, मुस्कानयुक्त अनुहार, मधुर वचन, सम्बन्ध कायम राख्नु, आज्ञाकारिता, नम्रता, उपकार, राम्रो व्यवहार र उत्तम सङ्गति हो। भलाइ र पुण्य त्यो हो, जसमा हृदय र आत्माले शान्ति महसुस गर्दछ। पाप त्यो हो, जसले आत्मामा अशान्ति उत्पन्न गर्छ र हृदयमा यस्तो हिचकिचाहट वा द्विविधा पैदा गर्छ, जसले गर्दा सन्तुष्टि र शान्ति रहँदैन। यो कार्य पाप हो कि भन्ने डर हृदयमा रहिरहन्छ र व्यक्ति त्यसलाई प्रकट गर्न रुचाउँदैन, किनभने त्यो कुरा मानिसहरू—विशेषतः आदरणीय र सद्गुणी व्यक्तिहरूको—दृष्टिमा निन्दनीय ठहरिन्छ। मानव स्वभावले आफ्ना राम्रा कामहरू अरूलाई देखाउन चाहन्छ, तर यदि आत्माले आफ्ना कुनै कार्यहरू अरूको सामु ल्याउन अरुचि देखाउँछ भने, त्यो कार्य पाप हो, जसमा कुनै भलाइ छैन। त्यसैगरी मानिसहरूले तिमीलाई त्यस कुराको पक्षमा फतवा (धार्मिक निर्णय) दिए पनि, जबसम्म तिम्रो मनमा त्यस कुराप्रति शङ्काको कुनै अंश बाँकी छ, तबसम्म त्यस फतवालाई अनुसरण नगर्नु नै उचित हुन्छ। किनभने यदि शङ्का ठोस छ र फतवा दिने व्यक्तिले पर्याप्त ज्ञानबिना निर्णय गरेको छ भने, त्यस्तो फतवाले शङ्का हटाउँदैन। तर यदि फतवा शरियतका ठोस प्रमाणहरूमा आधारित छ भने, प्रश्नकर्ताले त्यसको पालन गर्नु अनिवार्य हुन्छ—चाहे उसको हृदय त्यसप्रति पूर्ण रुपमा सन्तुष्ट नहोस्।

हदीसका केही फाइदाहरू

  1. राम्रो नैतिकताको लागि प्रोत्साहन; किनभने राम्रो चरित्र पुण्यका सबैभन्दा महान गुण हो।
  2. सत्य र असत्यले मोमिनलाई भ्रमित गर्दैन, बरु ऊ आफ्नो हृदयमा रहेको प्रकाशद्वारा सत्यलाई चिन्छ र असत्यबाट टाढा रहन्छ तथा त्यसलाई अस्वीकार गर्छ।
  3. पापको चिन्हहरू मध्ये मनको बेचैनी र अशान्ति र मानिसहरूले त्यसको बारेमा थाहा पाउने असहजता।
  4. सिंदीले भने: यो ती शङ्कास्पद कुरा सम्बन्धी हो जसमा मानिसहरूले कुनै एक पक्षको निश्चितता थाहा पाउँदैनन्; अन्यथा, शरियतमा बताइएको कुराहरूलाई अनदेखा नगरी कुनै पक्षको प्रमाण नभइ त्यस्तै पुण्य र पापको कुरा हुन्छ र यस्ता कुराहरूमा हृदयको सोधपुछ र शान्तिको आवश्यकता हुँदैन।
  5. यस हदीसमा सम्बोधित गरिएका व्यक्तिहरू स्वच्छ प्रकृति भएका मानिसहरू हुन्, न कि ती जसका हृदय विकृत छन्। जो केवल आफ्नो इच्छाअनुसार राम्रोलाई चिन्ने र नराम्रोलाई अस्वीकार गर्ने गर्छन्।
  6. तैइबीले भने: हदीसमा पुण्यलाई विभिन्न अर्थमा व्याख्या गरिएको छ। यसलाई एक स्थानमा त्यसरी व्याख्या गरिएको छ जसले हृदयलाई शान्त पार्छ र मनलाई समर्पित बनाउँछ। अर्को स्थानमा यसलाई ईमानको रूपमा व्याख्या गरिएको छ र एउटा स्थानमा यसलाई जसले तपाईंलाई अल्लाहको नजिक पुर्याउँछ भनिएको छ र यहाँ यसलाई असल आचरणको रूपमा व्याख्या गरिएको छ। असल आचरणलाई यसरी व्याख्या गरिएको छ: दुख सहन गर्नु, क्रोध नगर्नु, मुखमा हाँसो ल्याउनु र मीठा शब्द बोल्नु र यी सबै अर्थमा समान छन्।
अनुवाद: अंग्रेजी उर्दू इन्डोनेसिया बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल थाई जर्मन पुश्तु असमिया अल्बेनियन् अम्हारिक गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई ताजिक किन्यारवाण्डा हंगेरी चेक الموري कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية
अनुवादहरू हेर्नुहोस्
वर्गीकरण
थप