श्रेणी:

عَنْ عُمَرَ بْنِ الخَطَّابِ رَضِيَ اللَّهُ عَنْهُ عَنِ النَّبِيِّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَوْ أَنَّكُمْ كُنْتُمْ تَوَكَّلُونَ عَلَى اللهِ حَقَّ تَوَكُّلِهِ لَرَزَقَكُمْ كَمَا يَرْزَقُ الطَّيْرَ تَغْدُو خِمَاصًا وَتَرُوحُ بِطَانًا».

[صحيح] - [رواه الإمام أحمد، والترمذي، والنسائي، وابن ماجه، وابن حبان في صحيحه، والحاكم] - [الأربعون النووية: 49]
المزيــد ...

उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो:
"यदि तिमीहरूले अल्लाहमाथि त्यसरी नै भरोसा गर्थ्यौ, जसरी वास्तविक रूपमा भरोसा गरिन्छ भने, उहाँले तिमीहरूलाई त्यसरी नै जीविका प्रदान गर्नुहुनेछ जसरी चराहरूलाई गर्नुहुन्छ। तिनीहरू बिहान भोकै बाहिर निस्कन्छन् र साँझ पेट भरिएर फर्कन्छन्।"

[सही] - [رواه الإمام أحمد والترمذي والنسائي وابن ماجه وابن حبان في صحيحه والحاكم] - [الأربعون النووية - 49]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई सम्पूर्ण मामिलाहरुमा अल्लाहमा भरोसा गर्न प्रेरित गर्दै हुनुहुन्छ चाहे सांसारिक मामिला होस् वा धार्मिक मामिला साथै त्यो लाभ प्राप्तिको होस् वा हानिबाट बच्नको लागि । किनकि प्रदान गर्ने वाला र रोक्ने वाला, हानि गर्ने र फाइदा दिने वाला एक अल्लाह मात्र हुनुहुन्छ । हामीले अल्लाहमा इमान्दारीपूर्वक भरोसा राखेर फाइदा पुर्‍याउने र हानिबाट जोगाउने कामहरू गर्नुपर्दछ । जब हामी यसो गर्छौं, अल्लाहले हामीलाई भोकाएका पंक्षीहरू जस्तै जीविकोपार्जन दिनुहुन्छ, जो बिहान भोकै बाहिर निस्कन्छन् र बेलुका पेट भरेर फर्कन्छन् । वास्तवमा, चराहरूको यो कार्य निर्भरता र आलस्य बिना जीविका खोज्ने एक प्रयास हो ।

हदीसका केही फाइदाहरू

  1. अल्लाहमा भरोसा गर्ने सद्गुण र अल्लाहमा भरोसा गर्नु नै जीविका प्राप्तिको प्रमुख कारण हो ।
  2. साधन अपनाउनु अल्लाहमाथि भरोसाको विरुद्ध होइन, किनकि जीविकाको खोजीमा बिहान र बेलुका बाहिर निस्कनु अल्लाहमाथिको वास्तविक भरोसा हो भनेर उहाँले उल्लेख गर्नुभएको छ ।
  3. शरीयतले हृदयको नियती तर्फ पनि ध्यान केन्द्रित गर्दछ, किनकि अल्लाहमा भरोसा गर्नु हृदयको नियती हो ।
  4. साधनमा मात्र भर पर्नुको अर्थ व्यक्तिमा धार्मिकताको कमी दर्शाउछ भने अल्लाहमा भरोसा गर्ने नाममा साधनलाई त्याग्नुको अर्थ व्यक्तिमा विवेकको कमीलाई झल्काउँछ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (53)
वर्गीकरण
थप