श्रेणी: सद्गुण र आचरण .

عَنْ عَبْدِ اللَّهِ بْنِ عَمْرٍو رَضِيَ اللَّهُ عَنْهُمَا:
أَنَّ رَجُلًا سَأَلَ النَّبِيَّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: أَيُّ الإِسْلاَمِ خَيْرٌ؟ قَالَ: «تُطْعِمُ الطَّعَامَ، وَتَقْرَأُ السَّلاَمَ عَلَى مَنْ عَرَفْتَ وَمَنْ لَمْ تَعْرِفْ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 12]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्,
एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 12]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित सोधियो: इस्लामका कुन गुणहरू सबैभन्दा उत्कृष्ट छन्? उहाँले निम्न दुई गुणहरू उल्लेख गर्नुभयो:
पहिलो: गरिबलाई पटकपटक खान खुवाउनु, जसमा सद्का, उपहार, पाहुना सत्कार र भोज सामेल हुन्छ। विशेषगरी अनिकाल र उच्च महँगीको समयमा खुवाउनुको ठूलो महत्व छ ।
दोस्रो: परिचित वा अपरिचित हरेक मुस्लिमलाई सलाम (अभिवादन) गर्नु ।

हदीसका केही फाइदाहरू

  1. सहाबाहरू लोक परलोकमा फायदा पुर्याउने गुणहरू जान्न उत्सुक थिए ।
  2. सलाम गर्नु र खाना खुवाउनु इस्लामका उत्कृष्ट कार्यहरू हुन्; किनभने यसका छुट्टै सद्गुण छन् र मानिसहरूलाई सधैं यसको आवश्यकता हुन्छ ।
  3. यी दुई गुणहरूले, वचन र कर्ममा परोपकारको संयोजन हुन्छ, जुन दया र परोपकारको उत्तम रूप हो ।
  4. यी विशेषताहरू मुस्लिमहरूबीचको व्यवहारसँग सम्बन्धित छन् , भक्त र उसका परमेश्वर बीचको व्यवहारका लागि पनि केही विशेषताहरू रहेका छन्।
  5. सलाम (अभिवादन) मा पहल गर्नु मुस्लिमहरूबीच मात्र सीमित छ, त्यसैले गैर-मुस्लिमहरूलाई अभिवादन गर्न पहल गर्नु हुँदैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप