हदीसहरूको सूची

एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।
عربي अंग्रेजी उर्दू
“कुनै मान्छेको लागी आफ्नो भाइसँग तीन दिनभन्दा बढी बोलचाल बन्द राख्न जायज छैन । दुबै एक अर्कालाई भेट्छन् तर अर्कोतिर मुख फर्काएर बस्छन भने दुई मध्ये सबैभन्दा राम्रो त्यो हो जसले सलाम गर्नमा पहल गर्छ ।
عربي अंग्रेजी उर्दू
जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।
عربي अंग्रेजी उर्दू
सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।
عربي अंग्रेजी उर्दू
यहूदी र ईसाईहरूलाई पहिले सलाम नगर र जब तपाईं नीहरूमध्ये कसैलाई बाटोमा भेट्नुहुन्छ, तिनीहरूलाई साँघुरो बाटो लिन बाध्य पार्नुहोस्।
عربي अंग्रेजी उर्दू
एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।
عربي अंग्रेजी उर्दू
जब दुई मुस्लिम भेट्छन् र हात मिलाउँछन् भने तिनीहरूलाई छुट्टिनु अघि नै क्षमा गरिन्छ।
عربي अंग्रेजी उर्दू