عَن أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«يُسَلِّمُ الرَّاكِبُ عَلَى المَاشِي، وَالمَاشِي عَلَى القَاعِدِ، وَالقَلِيلُ عَلَى الكَثِيرِ».
وَلِلبُخَارِي: «يُسَلِّمُ الصَّغِيرُ عَلَى الكَبِيرِ، وَالمَارُّ عَلَى القَاعِدِ، وَالقَلِيلُ عَلَى الكَثِيرِ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6232]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6232]
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकअर्कालाई सलाम (अभिवादन) गर्ने शिष्टाचार सिकाउनुभएको छ : 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु' (तपाईंमाथि अल्लाहको दया र आशीर्वाद होस्) सानोले ठूलोलाई, सवारले हिँड्नेलाई, हिँड्नेले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नुपर्ने हुन्छ ।