عَن أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«يُسَلِّمُ الرَّاكِبُ عَلَى المَاشِي، وَالمَاشِي عَلَى القَاعِدِ، وَالقَلِيلُ عَلَى الكَثِيرِ». وَلِلبُخَارِي: «يُسَلِّمُ الصَّغِيرُ عَلَى الكَبِيرِ، وَالمَارُّ عَلَى القَاعِدِ، وَالقَلِيلُ عَلَى الكَثِيرِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6232]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।" बुखारीमा छ: "सानोले ठूलोलाई, पैदलले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नु पर्दछ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6232]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकअर्कालाई सलाम (अभिवादन) गर्ने शिष्टाचार सिकाउनुभएको छ : 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु' (तपाईंमाथि अल्लाहको दया र आशीर्वाद होस्) सानोले ठूलोलाई, सवारले हिँड्नेलाई, हिँड्नेले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नुपर्ने हुन्छ ।

हदीसका केही फाइदाहरू

  1. हदीसमा उल्लेखित तरिका अनुसार सलाम गर्नु मुस्तहब (पुण्यकारी) हो । तर यदि पैदल हिड्नेले सवारलाई सलाम (अभिवादन) गर्छ भने पनि जायज छ।
  2. हदीसमा उल्लेखित तरिका अनुसार सलाम फैलाउनु प्रेम र सद्भावको एक कारण हो ।
  3. यदि दुई व्यक्ति वा धेरैजना समान अवस्थामा छन् भने, उनीहरूमध्ये जसले पहिला सलाम गर्छ, ऊ उत्तम हो ।
  4. यो हदीसले इस्लामिक कानून पूर्ण छ र यसले मानिसहरूलाई आवश्यक पर्ने सबै कुराहरू समेटेको छ भन्ने तथ्य स्पष्ट पार्छ ।
  5. हदीसले सलाम गर्ने शिष्टाचार र हरेक व्यक्तिलाई उसको हक दिनुपर्छ भन्ने कुरा सिकाउँछ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (54)
थप