عَن عَلِيٍّ بْنِ أَبِي طَالِبٍ رَضيَ اللهُ عنه قَالَ:
أَخَذَ رَسُولُ اللَّهِ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ حَرِيرًا بِشِمَالِهِ، وَذَهَبًا بِيَمِينِهِ، ثُمَّ رَفَعَ بِهِمَا يَدَيْهِ، فَقَالَ: «إِنَّ هَذَيْنِ حَرَامٌ عَلَى ذُكُورِ أُمَّتِي، حِلٌّ لِإِنَاثِهِمْ».

[صحيح] - [رواه أبو داود والنسائي وابن ماجه] - [سنن ابن ماجه: 3595]
المزيــد ...

अली बिन अबू तालिब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्,
"रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो दाहिने हातमा रेशम र बायाँ हातमा सुन लिनुभयो। तत्पश्चात् ती दुवैलाई माथि उठाउँदै भन्नुभयो: 'यी दुई वस्तुहरू मेरो उम्मतका पुरुषहरूका निम्ति हराम (वर्जित) छन्, जबकि महिलाहरूका निम्ति हलाल (वैध) छन्।' "

[सही] - [رواه أبو داود والنسائي وابن ماجه] - [सुनन् इब्ने माजह - 3595]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो देब्रे हातमा रेशमको लुगा वा यसको टुक्रा र आफ्नो दाहिने हातमा सुनको गहना वा यस्तै केही लिनुभयो र त्यसपछि भन्नुभयो: निश्चय नै रेशम र सुन पुरुषहरूका लागि लगाउन निषेध छ, तर महिलाहरूका लागि ती दुवैको प्रयोग गर्न अनुमति छ।

हदीसका केही फाइदाहरू

  1. सिन्धीले भनेका छन्: यहाँ 'हराम' भन्नाले लगाउने वा पहिरिने कार्य बुझिन्छ। अन्यथा सुन र रेशम किनबेच गर्न तथा त्यसलाई दान-प्रदान वा खर्च गर्न अनुमति सबैलाई छ। तर, सुनका भाँडाकुँडा बनाउनु र तिनको प्रयोग गर्नु भने सबैका लागि हराम छ।"
  2. इस्लामी कानुनले महिलाहरूलाई रेशम र सुन प्रयोग गर्ने सुविधा दिएको छ, किनकि उनीहरूलाई शृंगारको आवश्यकता पर्छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (51)