عن أبي هريرة رضي الله عنه قال:
لعن رسول الله صلى الله عليه وسلم الرجل يلبس لِبْسَةَ المرأة، والمرأة تلبس لِبْسَةَ الرجل.

[صحيح] - [رواه النسائي في الكبرى وابن ماجه بمعناه وأحمد] - [السنن الكبرى للنسائي: 9209]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,
"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाको जस्तो पहिरन लगाउने पुरुष र पुरुषको जस्तो पहिरन लगाउने महिलालाई धिक्कार (लअ्नत) गर्नुभएको छ।"

[सही] - [رواه النسائي في الكبرى وابن ماجه بمعناه وأحمد] - [सुनन् कुब्रा लिन्निसाई - 9209]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती पुरुषहरूलाई अल्लाहको कृपाबाट निष्कासित र टाढा हुन् भनी श्राप दिनुभएको छ, जो पहिरन, स्वरूप, रङ्ग, शैली, पहिरिने तरिका, शृङ्गार वा अन्य कुनै पनि कुरामा महिलाहरूको नक्कल गर्छन्। र त्यसैगरी, उहाँले ती महिलाहरूलाई पनि श्रापित तुल्याउनु भएको छ, जो पुरुषहरूको पहिरनको नक्कल गर्छन्। यस्तो कार्य महापाप (कबिरा) मध्ये पर्दछ।

हदीसका केही फाइदाहरू

  1. अश-शौकानीले भन्नुभएको छ: "महिलाहरूले पुरुषहरूको र पुरुषहरूले महिलाहरूको रूपको नक्कल गर्नु निषेध छ; किनकि धिक्कार र श्राप (लअ्नत) केवल निषेधित कार्यहरूमा मात्र हुने गर्दछ।"
  2. इब्न उसैमीनले भन्नुभएको छः "जुन प्रकारका लुगाहरू पुरुष र महिला दुवैले समान रूपमा प्रयोग गर्छन्, जस्तै 'फनाइल' (बनियान वा टी-शर्ट), जसलाई पुरुष र महिला दुवैले लगाउने गर्छन्, त्यस्ता लुगा लगाउन कुनै आपत्ति छैन। अर्थात्, पुरुष वा महिलाले त्यस्ता वस्त्र प्रयोग गर्नुमा कुनै समस्या छैन, किनकि ती दुवैका लागि समान रूपमा साझा वस्त्र हुन्।"
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (45)
थप