+ -

عَن أَبِي سَعِيدٍ الْخُدْرِيِّ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«لَا يَنْظُرُ الرَّجُلُ إِلَى عَوْرَةِ الرَّجُلِ، وَلَا الْمَرْأَةُ إِلَى عَوْرَةِ الْمَرْأَةِ، وَلَا يُفْضِي الرَّجُلُ إِلَى الرَّجُلِ فِي ثَوْبٍ وَاحِدٍ، وَلَا تُفْضِي الْمَرْأَةُ إِلَى الْمَرْأَةِ فِي الثَّوْبِ الْوَاحِدِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 338]
المزيــد ...

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्नु हुँदैन। त्यसैगरी एक महिलाले अर्को महिलाको गुप्तांगलाई पनि हेर्नु हुँदैन । एक पुरुषले अर्को पुरुषसँग एउटै कपडामा सुत्नु हुँदैन । त्यसैगरी एक महिलाले अर्को महिलासँग एउटै कपडामा सुत्नु हुँदैन ।”

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 338]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्न वा एक महिलाले अर्को महिलाको गुप्तांगलाई हेर्न निषेध गर्नुभएको छ ।
हदीसमा उल्लेखित अरबी शब्द "औरह" (पर्दा) ले शरीरको त्यो भागलाई जनाउँछ, जुन देख्दा लाज लाग्छ । पुरुषको पर्दा : नाभि र घुँडा बीचको भाग हो । जबकि महिलाको सम्पूर्ण शरीर गैर-महरम पुरुषहरूका लागि पर्दा हो । तर महिला र महरम पुरुषहरूको अगाडि उनले शरीरका ती अंगहरू प्रकट गर्न सक्छन्, जुन सामान्यतया घरमा काम गर्दा देखिन्छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषसँग एउटै लुगामा वा एउटै कम्बलमा नग्न बस्न वा एक महिलाले अर्को महिलासँग एउटै लुगामा वा एउटै कम्बलमा नग्न बस्न निषेध गर्नुभयो । किनभने यसले एकअर्काको गोप्य अंग छोएको हुन सक्छ र छुन पनि हेर्ने जस्तै निषेधित छ । बरु यो झन् खतरनाक हो, किनभने यसले धेरै ठूलो खराबीहरू निम्त्याउन सक्छ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. गोप्य अंग हेर्न प्रतिबन्ध छ । तर श्रीमान् र श्रीमती यसबाट मुक्त छन् ।
  2. इस्लाम धर्मले समाजको शुद्धता र अनैतिकतातर्फ लैजाने सबै बाटोहरू बन्द गरेको छ ।
  3. उपचार वा यस्तै प्रकारको आवश्यकता परेमा गोप्य अंग हेर्ने अनुमति छ । तर सर्त के छ भने त्यो इच्छा (चाहना) रहित हुनुपर्छ ।
  4. मुस्लिमलाई आफ्नो गुप्तांग ढाक्न र अरूको गुप्तांगदेखि नजर तल गर्न आदेश दिइएको छ ।
  5. पुरुषसँग पुरुष र महिलासँग महिलामा प्रतिबन्ध विशेष गरी केन्द्रित गरिएको छ; किनभने त्यहाँ गोप्य अंगहरू खुल्ने वा त्यसमा आँखा पर्ने सम्भावना बढी हुन्छ ।
थप