عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه عَنِ النَّبِيِّ صلى الله عليه وسلم قَالَ:
«دَعُونِي مَا تَرَكْتُكُمْ، إِنَّمَا هَلَكَ مَنْ كَانَ قَبْلَكُمْ بِسُؤَالِهِمْ وَاخْتِلَافِهِمْ عَلَى أَنْبِيَائِهِمْ، فَإِذَا نَهَيْتُكُمْ عَنْ شَيْءٍ فَاجْتَنِبُوهُ، وَإِذَا أَمَرْتُكُمْ بِأَمْرٍ فَأْتُوا مِنْهُ مَا اسْتَطَعْتُمْ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 7288]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए । जब म तिमीहरूलाई कुनै कुराबाट रोक्छु, त्यसबाट टाढै बस र जब कुनै कुरा गर्न आदेश दिन्छु, त्यसमा जति सक्दो गर ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 7288]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लामिक नियमहरूका तीन किसिमहरू उल्लेख गर्नुभएको छ : जसको बारेमा शरिया मौन छ, निषेधहरू र आदेशहरू ।
पहिलो: जसको बारेमा शरिया मौन छ, त्यसको कुनै आदेश हुँदैन र चीजहरूको बारेमा आधारभूत सिद्धान्त भनेको जायज र हलाल हो; नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा नघटेको कुराबारे सोध्नु हुँदैन, ताकि अल्लाहले त्यसको आदेश वा निषेध अवतरण नगरुन् भन्ने डरले । किनभने अल्लाहले आफ्ना सेवकहरूमाथि दया गर्दै केही आदेश दिनुभएको छैन । उहाँको मृत्युपछि जानैपर्ने कुनै आदेश फतवा वा शिक्षाको रूपमा सोध्नु जायज मात्र होइन बरु सोध्नुपर्ने हुन्छ । तर यदि घमण्ड र अनावश्यक रूपमा हो भने मनाही छ र यो हदीसमा यस्तै खाले प्रश्नलाई मनाही गरिएको छ । किनभने यसले बनु इजरायलसँग घटेको जस्तै हुन सक्छ; जब उनीहरूलाई एउटा गाई जबह गर्ने आदेश दिइएको थियो, तिनीहरूले जुनसुकै गाई जबह गर्न सक्थे, तर तिनीहरूले अनावश्यक प्रश्न सोधेर बेकारको दुख मात्र पाए ।
दोस्रो: निषेध (हराम) हरू; अर्थात ती कुराहरू, जुन परित्याग गर्दा पुण्य पाइन्छ र गर्नेलाई दण्ड दिइन्छ, त्यसैले ती सबैबाट बच्नुपर्छ ।
तेस्रो: आदेश; अर्थात ती कुराहरू हुन्, जुन गर्दा पुण्य पाइन्छ र नगर्दा दण्ड दिइन्छ, त्यसैले यो सकेसम्म गर्नुपर्छ ।