عَنْ صَفْوَانَ بْنِ مُحْرِزٍ قَالَ: قَالَ رَجُلٌ لِابْنِ عُمَرَ رضي الله عنهما كَيْفَ سَمِعْتَ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ، يَقُولُ: فِي النَّجْوَى؟ قَالَ: سَمِعْتُهُ يَقُولُ:
«يُدْنَى الْمُؤْمِنُ يَوْمَ الْقِيَامَةِ مِنْ رَبِّهِ عَزَّ وَجَلَّ، حَتَّى يَضَعَ عَلَيْهِ كَنَفَهُ، فَيُقَرِّرُهُ بِذُنُوبِهِ، فَيَقُولُ: هَلْ تَعْرِفُ؟ فَيَقُولُ: أَيْ رَبِّ أَعْرِفُ، قَالَ: فَإِنِّي قَدْ سَتَرْتُهَا عَلَيْكَ فِي الدُّنْيَا، وَإِنِّي أَغْفِرُهَا لَكَ الْيَوْمَ، فَيُعْطَى صَحِيفَةَ حَسَنَاتِهِ، وَأَمَّا الْكُفَّارُ وَالْمُنَافِقُونَ، فَيُنَادَى بِهِمْ عَلَى رؤُوسِ الْخَلَائِقِ هَؤُلَاءِ الَّذِينَ كَذَبُوا عَلَى اللهِ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2768]
المزيــد ...

सफवान बिन मुहरिजबाट वर्णन गरिएको छ कि एक जना मानिसले अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) लाई सोधे, तपाईंले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई फुसफुसाउने (नज्वा) को बारेमा के भन्नु भएको सुन्नुभयो? उनले जवाफ दिए: मैले उहाँलाई यसो भन्दै सुनेको छु:
"आस्थावानलाई पुनरुत्थानको दिन उसको पालनकर्ताको नजिक ल्याइनेछ, यहाँसम्म उहाँले आफ्नो रक्षा छत्र उसमाथि राख्नुहुन्छ र उसलाई उसका पापहरूको बारेमा स्मरण गराइन्छ, के तिमीलाई यो पाप थाहा छ? उसले भन्नेछ: हे मेरो पालनकर्ता! मलाई थाहा छ। अल्लाहले उसलाई भन्नेछन्: "मैले तिम्रो यो पाप संसारमा लुकाएँ र आज म तिम्रो लागि यो क्षमा गर्दछु। त्यसपछि उसलाई उसको राम्रो कामको रेकर्ड दिइनेछ। तर काफिर र मुनाफिकहरूलाई सबै प्राणीहरूको अगाडि बोलाइन्छ र सार्वजनिक रूपमा घोषणा गरिनेछ कि तिनीहरूले अल्लाह विरुद्ध झूट बोलेका हुन्।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2768]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रलयको दिन अल्लाहले आफ्नो मूमिन बन्दासँग गर्ने गोप्य संवादको बारेमा जानकारी दिनुभएको छ।
न्यायको दिनमा, आस्थावानलाई उसको पालनकर्ताको नजिक ल्याइनेछ, र अल्लाहले उसलाई यसरी ढाक्नेछन् कि न्यायको दिनमा उपस्थित अरूले उसको रहस्य जान्न सक्ने छैनन्। त्यसपछि अल्लाहले उसलाई भन्नेछन्:
के तिमीलाई यो यो पापको बारेमा थाहा छ...? उहाँले ती पापहरूको स्मरण गराउनुहुन्छ, जो केवल भक्त र उसको पालनहारको बीचमा थिए।
ऊ भन्छ: 'हो, हे मेरो पालनहार (रब)
जब सेवक डराउँछ, अल्लाहले उसलाई भन्नेछन्: मैले यस संसारमा तिम्रो यी पापहरू लुकाएको थिएँ र आज म तिमीलाई क्षमा गर्दछु। त्यसपछि, उसलाई उसको कर्मको पुस्तक दिइनेछ।
तर काफिर र मुनाफिकहरूलाई सार्वजनिक रूपमा घोषणा गरिनेछ: यी ती मानिसहरू हुन् जसले आफ्नो पालनकर्तामाथि झूटा कुराहरू रचेका थिए। सुन, अत्याचारीहरूमाथि अल्लाहको अभिशाप श्राप होस् ।

हदीसका केही फाइदाहरू

  1. आस्थावानहरूमाथिको यो अल्लाहको अनुग्रह हो कि तिनीहरूको पाप यस संसार र परलोकमा ढाकिएको छ।
  2. मूमिनको गोपनीयतालाई सकेसम्म लुकाउन प्रोत्साहन।
  3. सेवकहरूका सबै कर्महरू पालनकर्ताद्वारा गणना गरिन्छ। त्यसैले जसले कुनै पनि असल कुरा प्राप्त गर्छ, उसले अल्लाहको प्रशंसा गरोस् र जसले त्यो बाहेक अरू केही प्राप्त गर्छ, उसले केवल आफूलाई दोष देओस् र ऊ अल्लाहको इच्छाको अधीनमा छ।
  4. इमाम इब्न हजरले भन्नुभयो: हदीसहरूको समग्र सन्दर्भले देखाउँछ, क़ियामतको दिन अवज्ञाकारी मोमिनहरु दुई प्रकारका हुनेछन्: पहिलो: जसको पाप उसको र उसको पालनहार (रब) बीचमा मात्र हुन्छ, इब्न उमरको हदीसले यो खण्डलाई दुई भागमा विभाजित गरेको देखाउँछ: पहिलो: जसको पाप संसारमा लुकेको हुन्छ। यस्तो व्यक्तिको पापलाई अल्लाहले क़ियामतको दिन लुकाउनुहुन्छ भनेर स्पष्ट छ। दोस्रो: उसको पाप खुल्ला रूपमा हुन्छ, त्यो यसको विपरीत हुनेछ। दोस्रो वर्ग: जसको पाप ऊ र मानिसहरूबीच हुन्छ, तिनीहरू पनि दुई भागमा विभाजित हुन्छन्। पहिलो वर्ग: जसको नराम्रा कामहरू तिनका राम्रा कामहरूभन्दा भारी हुन्छन्। यस्ता मानिसहरू नरकमा जान्छन् र त्यसपछि सिफारिस (शफाअत) मार्फत बाहिर निस्कन्छन्। दोस्रो वर्ग: जसका नराम्रा र राम्रा कार्हयरू समान हुन्छन्। यस्ता मानिसहरूले जन्नतमा प्रवेश गर्नु अघि उनीहरू बीच प्रतिफल (कसास) हुनेछ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (44)
थप