+ -

عَنْ عَبْدِ اللَّهِ بْنِ عَمْرٍو رضي الله عنهما قَالَ: قالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«حَوْضِي مَسِيرَةُ شَهْرٍ، مَاؤُهُ أَبْيَضُ مِنَ اللَّبَنِ، وَرِيحُهُ أَطْيَبُ مِنَ المِسْكِ، وَكِيزَانُهُ كَنُجُومِ السَّمَاءِ، مَنْ شَرِبَ مِنْهَا فَلاَ يَظْمَأُ أَبَدًا».

[صحيح] - [متفق عليه]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"मेरो हौज (ताल) को दायरा एक महिनाको दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा राम्रो हुनेछ र यसको कचौरा आकाशका ताराहरू जस्तै हुनेछन् । जसले यसको पानी पिउनेछ, उसलाई कहिल्यै तिर्खा लाग्ने छैन ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, पुनरुत्थानको दिन उहाँले एउटा हौज (पोखरी) पाउनुहुनेछ जसको लम्बाइ र चौडाइ एक महिनाको दूरी बराबर हुनेछ । त्यसको पानी दूध भन्दा सेतो हुनेछ । त्यसको सुगन्ध कस्तुरी भन्दा राम्रो हुनेछ । त्‍यसका कचौराहरूको सङ्ख्या आकाशका ताराहरू जत्तिकै धेरै हुनेछन्‌ । जसले ती कचौराबाट त्यो हौज (पोखरी) को पानी पिउँनेछ, उसलाई कहिल्यै तिर्खा लाग्नेछैन ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि वसल्लम) को हौज भनेको वास्तवमा पानीको एक विशाल भण्डार हुनेछ, जसको पानी उहाँका मुमिन उम्मती (आस्थावान अनुयायी) हरूले न्यायको दिन पिउन सक्नेछन् ।
  2. जसले यस हौज (जलाशय) बाट पानी पिउनेछ, उसले आनन्द प्राप्त गर्ने छ र फेरि कहिल्यै तिर्खा लाग्ने छैन ।
थप