عَنْ عَبْدِ اللَّهِ بْنِ عَمْرٍو رضي الله عنهما قَالَ: قالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«حَوْضِي مَسِيرَةُ شَهْرٍ، مَاؤُهُ أَبْيَضُ مِنَ اللَّبَنِ، وَرِيحُهُ أَطْيَبُ مِنَ المِسْكِ، وَكِيزَانُهُ كَنُجُومِ السَّمَاءِ، مَنْ شَرِبَ مِنْهَا فَلاَ يَظْمَأُ أَبَدًا».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6579]
المزيــد ...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ र यहाँ राखिएका (पानी खाने) कचौराहरू आकाशका ताराहरू जस्तै हुनेछन् । जसले यसको पानी पिउनेछ, उसलाई कहिल्यै तिर्खा लाग्ने छैन ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6579]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन उहाँलाई एउटा जलाशय (पोखरी) प्रदान गरिनेछ,जसको लम्बाइ र चौडाइ एक महिना (यात्रा)को दूरी बराबर हुनेछ । र त्यसको पानी दूध भन्दा सेतो हुनेछ । र त्यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ । र त्यहाँ राखिएका (पानी खाने) कचौराहरूको सङ्ख्या आकाशका ताराहरू जत्तिकै धेरै हुनेछन्‌ । जसले ती कचौराले त्यो जलाशय (पोखरी) को पानी पिउँनेछ, उसलाई कहिल्यै तिर्खा लाग्नेछैन ।

हदीसका केही फाइदाहरू

  1. नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रदान गरिने जलाशय भनेको वास्तवमा पानीको एक विशाल भण्डार हो, जसको पानी उहाँका मुमिन उम्मती (आस्थावान अनुयायी) हरूले न्यायको दिन पिउन सक्नेछन् ।
  2. जसले यस जलाशय बाट पानी पिउनेछ, उसले आनन्द प्राप्त गर्ने छ र फेरि कहिल्यै तिर्खा लाग्ने छैन ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (65)
थप