+ -

عَنْ أَسْمَاءَ بِنْتِ أَبِي بَكْرٍ رَضِيَ اللَّهُ عَنْهُمَا، قَالَتْ: قَالَ النَّبِيُّ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِنِّي عَلَى الحَوْضِ حَتَّى أَنْظُرَ مَنْ يَرِدُ عَلَيَّ مِنْكُمْ، وَسَيُؤْخَذُ نَاسٌ دُونِي، فَأَقُولُ: يَا رَبِّ مِنِّي وَمِنْ أُمَّتِي، فَيُقَالُ: هَلْ شَعَرْتَ مَا عَمِلُوا بَعْدَكَ، وَاللَّهِ مَا بَرِحُوا يَرْجِعُونَ عَلَى أَعْقَابِهِمْ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6593]
المزيــد ...

आस्मा बिन्ते अबिबक्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेकी छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो :
"म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती हुन् । तब भनिनेछ: उनीहरूले तिमी पछि के के गरे, के तिमीलाई थाहा छ ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए।

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6593]

व्याख्या

नबि (सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनुभएको छ कि, कयामतको दिन उहाँ आफ्नो जलाशय (कुण्ड) नजिक हुनुहुनेछ। जहाँबाट उहाँले आफ्नो उम्मतका (समुदायका) मानिसहरू जलाशय(हौज)मा पानी पिउन आएको हेर्नुहुनेछ। र केही मानिसहरूलाई उहाँको नजिक जानबाट रोकिनेछ, तब उहाँले भन्नु हुनेछ: हे मेरो पालनकर्ता ! यिनीहरु मेरा मान्छे र मेरा उम्मती (समुदायका) हुन् ! उहाँसँग भनिनेछ: के तिमीलाई थाहा छ कि तिम्रो मृत्यु पछि उनीहरुले के के काम गरे ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए र आफ्नो धर्म त्यागेको थिए । तसर्थ न त तिनीहरू तिमीबाट हुन्, न त तिम्रो समुदायबाट ।

हदीसका केही फाइदाहरू

  1. रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो उम्मत (समुदाय) प्रति दयावान र चिन्तित थिए ।
  2. यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र तरिका उल्लङ्घन गर्ने बाट चेतावनी दिइएको छ।
  3. यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको पालना गर्न प्रोत्साहन दिइएको छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी इटालियन ओरोमो कन्नड الولوف البلغارية अजेरी اليونانية उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप