+ -

عَنْ أَبِي ذَرٍّ رضي الله عنه قَالَ:
قُلْتُ: يَا رَسُولَ اللهِ مَا آنِيَةُ الْحَوْضِ؟ قَالَ: «وَالَّذِي نَفْسُ مُحَمَّدٍ بِيَدِهِ لَآنِيَتُهُ أَكْثَرُ مِنْ عَدَدِ نُجُومِ السَّمَاءِ وَكَوَاكِبِهَا، أَلَا فِي اللَّيْلَةِ الْمُظْلِمَةِ الْمُصْحِيَةِ، آنِيَةُ الْجَنَّةِ مَنْ شَرِبَ مِنْهَا لَمْ يَظْمَأْ آخِرَ مَا عَلَيْهِ، يَشْخَبُ فِيهِ مِيزَابَانِ مِنَ الْجَنَّةِ، مَنْ شَرِبَ مِنْهُ لَمْ يَظْمَأْ، عَرْضُهُ مِثْلُ طُولِهِ، مَا بَيْنَ عَمَّانَ إِلَى أَيْلَةَ، مَاؤُهُ أَشَدُّ بَيَاضًا مِنَ اللَّبَنِ، وَأَحْلَى مِنَ الْعَسَلِ».

[صحيح] - [رواه مسلم]
المزيــد ...

अबू-जर (रजियल्लाहु अन्हु) ले वर्नण गरेका छन्, उहाँ भन्नु हुन्छः
मैले भने: हे अल्लाहको रसूल! हौज (जलाशय) को भाँडाकुँडाको बारेमा के भन्नु हुन्छ ? उहाँले भन्नुभयो: "कसम अल्लाहको जसको हातमा मुहम्मदको ज्यान छ, यसका भाँडाहरू आकाशका ताराहरू र ग्रहहरूको संख्या भन्दा बढी हुनेछन् । याद राख! यो कुरा अँध्यारो र सफा आकाश भएको रातको हो, यसका भाँडाहरूमा जसले पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन । त्यसमा स्वर्गका दुई तर्फबाट खोलाहरू बग्नेछन् । जसले यसको पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन । त्यसको चौडाइ त्यसको लम्बाइ बराबर हुनेछ, यो अम्मान र एलाह बीचको दुरी बराबर हुनेछ । यसको पानी दूधभन्दा सेतो र मह भन्दा मीठो हुनेछ ।

सही - मुस्लिमले वर्णन गरेका छन्

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खानुभएको छ, उहाँको हौजमा रहेका भाँडाहरूको संख्या आकाशका तारा र ग्रहहरू भन्दा बढी हुनेछ । यी तारा र ग्रहहरू अँध्यारो रातमा स्पष्ट रूपमा देखिन्छन्, किनभने जुनेली रातमा चन्द्रमाको उज्यालोले ताराहरू स्पष्ट रूपमा देखिँदैनन्। साथमा त्यो कालो रात यस्तो हुनुपर्छ जसमा बादल नहोस्, किनकि आकाशमा बादल छ भने ताराहरु देखिदैनन् । स्वर्गको भाँडोबाट जसले पानी पिउनेछ उसलाई कहिल्यै तिर्खा लाग्ने छैन । यो उसको अन्तिम तिर्खा हुनेछ । उहाँको हौजमा स्वर्गका दुईटा खोलाहरू झर्नेछन् र त्यसको लम्बाइ र चौडाइ बराबर हुनेछ । हौजका चारै कोणहरू बराबर हुनेछन् । यसको लम्बाइ सिरियाको बल्का सहरमा रहेको अम्मान र सिरियाको प्रसिद्ध सीमावर्ती सहर अइला बीचको दूरी बराबर हुनेछ । हौजको पानी दूधभन्दा सेतो र त्यसको स्वाद महभन्दा मीठो हुनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की बोस्नियाली सिंहला हिन्दी भियतनामी हौसा मलयालम तेलगु सवाहिली बर्मी थाई पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. हौज (जलाशय) र यसमा भएका विभिन्न आशिषहरूको प्रमाण ।
  2. हौज धेरै ठूलो, लामो र चौडा हुनेछ र यसमा ठूलो संख्यामा कचौराहरू हुनेछन् ।
थप