+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«يَقْبِضُ اللَّهُ الأَرْضَ، وَيَطْوِي السَّمَوَاتِ بِيَمِينِهِ، ثُمَّ يَقُولُ: أَنَا المَلِكُ، أَيْنَ مُلُوكُ الأَرْضِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4812]
المزيــد ...

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4812]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले कयामतको दिन पृथ्वीलाई आफ्नो मुट्ठीमा जम्मा गर्नुहुनेछ र आकाशलाई आफ्नो दाहिने हातमा तलमाथि गरी बेर्नुहुनेछ र यसलाई नष्ट गरेपछि भन्नुहुनेछ: म नै राजा हुँ! पृथ्वीका राजाहरू कहाँ छन्?!

हदीसका केही फाइदाहरू

  1. यसमा अल्लाहको प्रभुत्व र राज्य रहिरहनेछ र अरूको राज्य समाप्त हुनेछ भन्ने तथ्य बुझाइएको छ।
  2. यसबाट अल्लाहको महिमा, उहाँको महान शक्ति, अधिकार र उहाँको पूर्ण प्रभुत्व स्पष्ट हुन्छ ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी ओरोमो कन्नड الولوف अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप