عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«يَقْبِضُ اللَّهُ الأَرْضَ، وَيَطْوِي السَّمَوَاتِ بِيَمِينِهِ، ثُمَّ يَقُولُ: أَنَا المَلِكُ، أَيْنَ مُلُوكُ الأَرْضِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4812]
المزيــد ...

अबू हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"अल्लाहले पृथ्वीलाई आफ्नो मुट्ठीमा समात्नु हुनेछ र आकाशहरूलाई आफ्नो दाहिने हातमा बेर्नु हुनेछ। त्यसपछि उहाँले भन्नुहुनेछ: "म अल-मलिक (सर्वोच्च राजा) हुँ, पृथ्वीका राजाहरू कहाँ छन् ?"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4812]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले कयामतको दिन पृथ्वीलाई आफ्नो मुट्ठीमा जम्मा गर्नुहुनेछ र आकाशलाई आफ्नो दाहिने हातमा तलमाथि गरी बेर्नुहुनेछ र यसलाई नष्ट गरेपछि भन्नुहुनेछ: म नै राजा हुँ! पृथ्वीका राजाहरू कहाँ छन्?!

हदीसका केही फाइदाहरू

  1. यसमा अल्लाहको प्रभुत्व र राज्य रहिरहनेछ र अरूको राज्य समाप्त हुनेछ भन्ने तथ्य बुझाइएको छ।
  2. यसबाट अल्लाहको महिमा, उहाँको महान शक्ति, अधिकार र उहाँको पूर्ण प्रभुत्व स्पष्ट हुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (55)
थप