+ -

عَنِ النُّعْمَانِ بْنِ بَشِيرٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«إِنَّ أَهْوَنَ أَهْلِ النَّارِ عَذَابًا مَنْ لَهُ نَعْلَانِ وَشِرَاكَانِ مِنْ نَارٍ، يَغْلِي مِنْهُمَا دِمَاغُهُ كَمَا يَغْلِ الْمِرْجَلُ، مَا يَرَى أَنَّ أَحَدًا أَشَدُّ مِنْهُ عَذَابًا، وَإِنَّهُ لَأَهْوَنُهُمْ عَذَابًا».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 213]
المزيــد ...

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु)ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभएको छ:
नरकका सबैभन्दा हल्का यातना भोग्ने व्यक्ति त्यो हुनेछ जसका खुट्टामा आगोले बनेका दुई जुत्ता र पट्टी हुनेछ। जसबाट उसको दिमाग कढाई उम्लिएझैं उम्लिन्छ। उसले सोच्नेछ कि कुनै पनि व्यक्ति उसभन्दा कठोर सजायमा छैन, तर वास्तवमा उसलाई सबैभन्दा कम सजा मिल्नेछ।

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 213]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनुभयो कि क़ियामतको दिन नरकका सबैभन्दा हल्का यातना भोग्ने व्यक्ति त्यो हुनेछ जसको जुत्ता र जुर्रा आगोबाट बनेका हुनेछन्, जसको गर्मीले गर्दा उसको दिमाग तामाको कढाई उम्लिएझैं उम्लिन्छ। ऊ आफूलाई सबैभन्दा बढी यातना भोग्ने मान्छ, जबकि वास्तवमा ऊ नरकमा सबैभन्दा हल्का यातना भोग्ने व्यक्ति हुनेछ, र यसले शारीरिक र मानसिक दुःखद यातनालाई एकसाथ एकत्र गर्दछ।

हदीसका केही फाइदाहरू

  1. पापी र काफिरहरूलाई नरकमा पर्ने यस भयावह यातनाबाट सचेत गराउनु; ताकि तिनीहरूले यसतर्फ लैजाने कार्यहरूबाट टाढा रहन सकुन्।
  2. नरकमा प्रवेश गर्ने व्यक्तिहरूका विभिन्न स्तरहरू तिनीहरूको नराम्रो कामहरूको आधारमा हुन्छन्।
  3. नरकको कठोर यातना, अल्लाहले हामीलाई त्यसबाट सुरक्षित राख्नुहोस्।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया अम्हारिक डच गुजराती हंगेरी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप