+ -

عن أبي مسعود رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«إِذَا أَنْفَقَ الرَّجُلُ عَلَى أَهْلِهِ يَحْتَسِبُهَا فَهُوَ لَهُ صَدَقَةٌ».

[صحيح] - [متفق عليه]
المزيــد ...

अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब मानिसले आफ्नो घरपरिवारमा सवाब (पुण्य) को नियतले खर्च गर्छ, त्यो उसको लागि दान (परोपकार) मानिन्छ ।"

सही - मुत्तफकुन अलैहि

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको छ, जब कुनै व्यक्तिले आफ्नो घरका सदस्यहरू जस्तै पत्नी, आमाबाबु र छोराछोरीहरू जसमाथि खर्च गर्नु उसको कर्तव्य हो, अल्लाहको प्रसन्नता प्राप्त गर्न र पुण्य प्राप्त गर्ने उद्देश्यले खर्च गर्दछ, उसले दानको इनाम पाउनेछ ।

अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सोमाली किन्यारवाण्डा
अनुवादहरू हेर्नुहोस्

हदीसका केही फाइदाहरू

  1. घरपरिवारमा खर्च गर्दा पनि पुण्य पाइन्छ ।
  2. मुमिनले आफ्नो हरेक काम अल्लाहको खुशी प्राप्त गर्न र उहाँबाट इनाम प्राप्त गर्न उद्देश्यले गर्दछ ।
  3. घरपरिवारमा खर्च गर्ने लगायत हरेक काम गर्दा मनमा राम्रो नियत हुनुपर्छ ।