عن أبي مسعود رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«إِذَا أَنْفَقَ الرَّجُلُ عَلَى أَهْلِهِ يَحْتَسِبُهَا فَهُوَ لَهُ صَدَقَةٌ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 55]
المزيــد ...

अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब मानिसले आफ्नो घरपरिवारमा सवाब (पुण्य) को नियतले खर्च गर्छ, त्यो उसको लागि दान (परोपकार) मानिन्छ ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 55]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भएको छ, जब कुनै व्यक्तिले आफ्नो घरका सदस्यहरू जस्तै पत्नी, आमाबाबु र छोराछोरीहरू जसमाथि खर्च गर्नु उसको कर्तव्य हो, अल्लाहको प्रसन्नता प्राप्त गर्न र पुण्य प्राप्त गर्ने उद्देश्यले खर्च गर्दछ, उसले दानको इनाम पाउनेछ ।

हदीसका केही फाइदाहरू

  1. घरपरिवारमा खर्च गर्दा पनि पुण्य पाइन्छ ।
  2. मुमिनले आफ्नो हरेक काम अल्लाहको खुशी प्राप्त गर्न र उहाँबाट इनाम प्राप्त गर्न उद्देश्यले गर्दछ ।
  3. घरपरिवारमा खर्च गर्ने लगायत हरेक काम गर्दा मनमा राम्रो नियत हुनुपर्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (62)