عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«أَتَدْرُونَ مَا الْمُفْلِسُ؟» قَالُوا: الْمُفْلِسُ فِينَا مَنْ لَا دِرْهَمَ لَهُ وَلَا مَتَاعَ، فَقَالَ: «إِنَّ الْمُفْلِسَ مِنْ أُمَّتِي يَأْتِي يَوْمَ الْقِيَامَةِ بِصَلَاةٍ وَصِيَامٍ وَزَكَاةٍ، وَيَأْتِي قَدْ شَتَمَ هَذَا، وَقَذَفَ هَذَا، وَأَكَلَ مَالَ هَذَا، وَسَفَكَ دَمَ هَذَا، وَضَرَبَ هَذَا، فَيُعْطَى هَذَا مِنْ حَسَنَاتِهِ، وَهَذَا مِنْ حَسَنَاتِهِ، فَإِنْ فَنِيَتْ حَسَنَاتُهُ قَبْلَ أَنْ يُقْضَى مَا عَلَيْهِ أُخِذَ مِنْ خَطَايَاهُمْ فَطُرِحَتْ عَلَيْهِ، ثُمَّ طُرِحَ فِي النَّارِ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 2581]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“के तिमीहरूलाई थाहा छ, (वास्तविक) ‘गरिब’ (मुफ्लिस) को हो?” सहाबाहरूले उत्तर दिए: “हाम्रो विचारमा गरिब त्यो व्यक्ति हो, जोसँग न रुपैयाँ-पैसा (दिर्हम) हुन्छ न त कुनै भौतिक सम्पत्ति।”
यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “मेरो समुदाय (उम्मत) को वास्तविक गरिब त्यो व्यक्ति हो, जो न्यायको दिन (कियामतका दिन) नमाज, रोजा र जकात जस्ता थुप्रै पुण्य कर्महरू लिएर उपस्थित हुनेछ। तर, उसले कसैलाई गाली गरेको हुनेछ, कसैमाथि व्यभिचारको झूटा आरोप लगाएको हुनेछ, कसैको सम्पत्ति (अवैध रूपमा) खाएको हुनेछ, कसैको हत्या गरेको हुनेछ र कसैलाई कुटेको हुनेछ। परिमाण स्वरूप, उसको पुण्यहरू बाट केही यस पीडितलाई दिइनेछ भने केही त्यस पीडितलाई बाँडिनेछ। यदि पीडितहरूको हक पूरा हुनुअघि नै उसका पुण्य कर्महरू सकिए भने, ती पीडितहरूका पापहरू उसमाथि थुपारिनेछ र अन्ततः उसलाई नर्कमा फालिनेछ।”
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 2581]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबाहरू (साथीहरू) सँग सोध्नुभयोः के तिमीहरूलाई थाहा छ—गरिब (मुफ्लिस) को हो? उनीहरूले भनेः हामीमध्ये गरिब त्यो हो, जससँग धन वा सम्पत्ति हुँदैन। यो सुनेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः मेरो उम्मतको वास्तविक गरिब त्यो व्यक्ति हो, जो कियामतको दिन नमाज, रोजा र जकातजस्ता पुण्य कर्महरू लिएर आउनेछ; तर उसले कसैलाई गाली गरेको हुन्छ, कसैमाथि झुटो आरोप लगाएको हुन्छ, कसैको सम्पत्ति हडपेको हुन्छ, कसैको हत्या गरेको हुन्छ आदि। त्यसैले उत्पीडित व्यक्तिहरूलाई उसका पुण्य कर्महरूबाट तिनको हक दिइनेछ। यदि सबैको हक अदा गर्नु अघि नै उसका पुण्य कर्महरू समाप्त भए भने, उत्पीडित व्यक्तिहरूका पापहरू उसकै कर्म–अभिलेखमा हालिनेछन्, र अन्ततः कुनै पुण्य बाँकी नरहेपछि उसलाई नरकमा फालि दिनेछ।