عَنْ عَائِشَةَ أُمِّ المُؤْمِنينَ رَضِيَ اللَّهُ عَنْهَا أَنَّهَا قَالَتْ:
مَا خُيِّرَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ بَيْنَ أَمْرَيْنِ إِلَّا أَخَذَ أَيْسَرَهُمَا، مَا لَمْ يَكُنْ إِثْمًا، فَإِنْ كَانَ إِثْمًا كَانَ أَبْعَدَ النَّاسِ مِنْهُ، وَمَا انْتَقَمَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ لِنَفْسِهِ إِلَّا أَنْ تُنْتَهَكَ حُرْمَةُ اللَّهِ، فَيَنْتَقِمَ لِلَّهِ بِهَا.

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 3560]
المزيــد ...

उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन्,
"अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई जब-जब दुईवटा कुराहरूमध्ये कुनै एक रोज्ने विकल्प दिइयो, तब-तब उहाँले तीमध्ये सजिलो कुरालाई नै रोज्नुभयो, जबसम्म त्यो पापको कुरा हुँदैनथ्यो। यदि त्यसमा कुनै पापको कुरा हुन्थ्यो भने, उहाँ मानिसहरूमध्ये त्यसबाट सबैभन्दा टाढा रहनुहुन्थ्यो। र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि आफ्नो व्यक्तिगत मामिलाका लागि कसैसँग बदला लिनुभएन; तर जब अल्लाहको नियमको उल्लङ्घन हुन्थ्यो, तब उहाँले अल्लाह (को शरीअत) का लागि बदला लिनुहुन्थ्यो।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 3560]

व्याख्या

उम्मुल मोमिनीन (आस्थावान्‌की आमा) आयशा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही बानी-व्यहोराको बारेमा उल्लेख गर्नुभएको छ । उहाँले उल्लेख गर्नुभएका कुराहरूमध्ये एक यो हो कि— रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई जब कहिल्यै दुईवटा कुराहरूमध्ये कुनै एक रोज्ने विकल्प दिइन्थ्यो, उहाँले सधैँ तीमध्ये सजिलो कुरालाई रोज्नुहुन्थ्यो, जबसम्म त्यो सजिलो कुरा कुनै पापसँग जोडिएको हुँदैनथ्यो । यदि त्यो कार्य पापयुक्त हुन्थ्यो भने, उहाँ सम्पूर्ण मानव जातिमा त्यसबाट सबैभन्दा टाढा रहने व्यक्ति हुनुहुन्थ्यो र त्यस्तो अवस्थामा उहाँले कठिन विकल्प नै रोज्नुहुन्थ्यो । त्यसैगरी उहाँले कहिल्यै पनि आफ्नो लागि बदला लिनुभएन, बरु आफ्ना अधिकारसम्बन्धी मामिलाहरूमा उहाँ अत्यन्त सहनशील र क्षमाशील हुनुहुन्थ्यो। तर जब अल्लाहका सीमारेखा तथा नियमहरूको उल्लङ्घन गरिन्थ्यो, तब उहाँ अल्लाहकै खातिर त्यसको प्रतिकार गर्नुहुन्थ्यो र अल्लाहका आदेशहरूको अवज्ञा हुँदा उहाँ अल्लाहका निम्ति सबैभन्दा बढी क्रोधित हुने व्यक्ति हुनुहुन्थ्यो।

हदीसका केही फाइदाहरू

  1. मामिलाहरूमा सकेसम्म सरल र सहज विकल्प रोज्नु मुस्तहब (उत्तम) हो, जबसम्म त्यसमा कुनै पाप वा अल्लाहको अवज्ञा हुँदैन।
  2. यसबाट इस्लाम धर्मको सहजता र सरलता प्रस्ट हुन्छ।
  3. अल्लाहको निम्ति क्रोध व्यक्त गर्नु जायज छ।
  4. यसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सहनशीलता, धैर्यता तथा अल्लाहको नियम-विधान लागू गर्ने क्रममा सत्य र न्यायको मार्गमा दृढतापूर्वक अडिग रहने उहाँको महान् चरित्र स्पष्ट रूपमा उजागर गरिएको छ।
  5. इब्न हजरले भन्नुभएको छ: यसमा कठिन कुरा नअपनाउनु, सजिलो कुरामा सन्तुष्ट हुनु र आवश्यक नभएका विषयहरूमा अडान वा जिद्दी नगर्नु भन्ने कुराको शिक्षा छ।
  6. यसमा सर्वशक्तिमान् अल्लाहको अधिकारसँग सम्बन्धित मामिलाहरूबाहेक अन्य मामिलाहरूमा क्षमा गर्न प्रोत्साहित गरिएको छ।
अनुवादहरू का प्रदर्शन
भाषा: الإنجليزية الأوردية الإسبانية थप (45)