عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللَّهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ حَلَفَ فَقَالَ فِي حَلِفِهِ: وَاللَّاتِ وَالعُزَّى، فَلْيَقُلْ: لاَ إِلَهَ إِلَّا اللَّهُ، وَمَنْ قَالَ لِصَاحِبِهِ: تَعَالَ أُقَامِرْكَ، فَلْيَتَصَدَّقْ».
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 4860]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जसले कसम खाने क्रममा 'लात र उज्जाको कसम!' भन्यो, उसले तुरुन्तै 'ला इलाहा इल्लल्लाह' (अल्लाहबाहेक कुनै सत्य पूज्य छैन) भन्नुपर्दछ। र जसले आफ्नो साथीलाई 'आऊ, जुवा खेलौँ' भनी प्रस्ताव गर्छ भने, उसले (प्रायश्चित स्वरूप) दान गर्नुपर्दछ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 4860]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाह बाहेक अरूको कसम खान विरुद्ध चेतावनी दिनुभएको छ; किनकि एक मुमिन (विश्वासी) ले केवल अल्लाहको मात्र कसम खान्छ। उहाँले यो पनि स्पष्ट पार्नुभएको छ कि, यदि कसैले अल्लाह बाहेक अन्य कुनै कुराको—उदाहरणार्थ ‘लात’ र ‘उज्जा’ को (जुन इस्लामपूर्वको अज्ञानताको युगमा पूजिने मूर्तिहरू थिए)—कसम खायो भने, उसले तत्काल आफ्नो त्रुटि सच्याउँदै, शिर्कबाट मुक्त हुन र त्यस कसमको प्रायश्चित्तस्वरूप "ला इलाहा इल्लाल्लाह" (अल्लाहबाहेक अन्य कोही सत्य पूज्य छैन) भन्नुपर्दछ।
त्यसपछि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो कि, यदि कसैले आफ्नो साथीलाई "आऊ, हामी जुवा खेलौं" भनी प्रस्ताव गर्छ भने उसले त्यस वचनको प्रायश्चित्त स्वरूप केही दान गर्नु मुस्तहब (पुण्यदायी) हुन्छ।
(यहाँ 'जुवा' भन्नाले दुई वा सोभन्दा बढी व्यक्तिहरूबीच हुने यस्तो प्रतिस्पर्धालाई बुझिन्छ, जहाँ सम्पत्ति दाउमा लगाइन्छ र विजेताले उक्त सम्पत्ति प्राप्त गर्दछ। यसमा संलग्न प्रत्येक व्यक्ति या त नाफामा हुन्छ या नोक्सानमा; यस जोखिमबाट कोही पनि मुक्त रहँदैन।)