عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«اثْنَتَانِ فِي النَّاسِ هُمَا بِهِمْ كُفْرٌ: الطَّعْنُ فِي النَّسَبِ، وَالنِّيَاحَةُ عَلَى الْمَيِّتِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 67]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"मानिसहरूमा पाइने दुई कुराहरू अविश्वास (कुफ्र) का कार्यहरू हुन्: वंशको निन्दा गर्नु र मृतकको लागि विलाप र मातम गर्नु।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 67]

व्याख्या

अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरू भित्र पाइने दुई कुराहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ, जुन वास्तवमा काफिरको तरिका र इस्लाम पूर्वको नैतिकता हुन्। यी हुन्:
१. मानिसहरूको वंशको निन्दा गर्नु, उनीहरूको कमजोरी औंल्याउनु र उनीहरूमाथि घमण्ड गर्नु।
२. विपत्तिमा अल्लाहको निर्णयसँग रिसाउनु, ठूलो स्वरले रुनु र विचलित भएर लुगा च्यात्नु।

हदीसका केही फाइदाहरू

  1. नम्र हुन र घमण्डबाट बच्न प्रोत्साहन।
  2. समस्याको समयमा धैर्यवान हुनुपर्छ र रिस व्यक्त गर्नु हुँदैन।
  3. यी कार्यहरू साना कुफ्र हुन् । यदि कसैमा सानो कुफ्र (अविश्वास) को कुनै विशेषता भेटियो भने, ऊ काफिर होइन र इस्लामबाट खारेज हुँदैन; यो केवल ठूलो कुफ्र (अविश्वास) को आधारमा हुन्छ।
  4. इस्लामले वंशको निन्दा गर्ने र मुस्लिमहरूमाझ विभाजन ल्याउने सबै प्रकारका कार्यहरूलाई निषेध गरेको छ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (48)
थप