+ -

عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«اثْنَتَانِ فِي النَّاسِ هُمَا بِهِمْ كُفْرٌ: الطَّعْنُ فِي النَّسَبِ، وَالنِّيَاحَةُ عَلَى الْمَيِّتِ».

[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 67]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो:
"दुई वटा कुरा मानिसहरूमा पाइनु भनेको कुफ्रका कुराहरू हुन्ः वंशको निन्दा गर्नु र मृतकमाथि विलाप गर्नु।"

[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 67]

व्याख्या

नबी(सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमा पाइने दुई वटा आदतहरूका बारेमा बताउँदै हुनु हुन्छ कि यी कुफ्रका कामहरू हुन् र अज्ञानता कालका बानीबेहोरा मध्ये हुन्। र ती :
१. मानिसका वंशका बारेमा निन्दा गर्नु र उनीहरूको दोष देखाउनु र उनीहरूमाथि घमण्ड गर्नु हो ।
२. विपत्तिमा स्वर उठाउनु, भाग्यप्रति असन्तोष व्यक्त गर्दै, वा अत्यधिक दु:खका कारण कपडा च्यात्नु।

हदीसका केही फाइदाहरू

  1. नम्र बन्न र मानिसहरूलाई आफ्नो भन्दा तल्लो ठान्न नहुने, मानिसहरूमाथि घमण्ड नगर्ने प्रेरणा।
  2. विपत्तिमा धैर्य गर्न र असन्तोष व्यक्त नगर्नु अनिवार्य छ।
  3. यी कार्यहरू साना कुफ्र हुन्, र जसले ती कुफ्रहरूमध्ये कुनै कुफ्रलाई गर्छ उसलाई काफिर मानिदैन, र मान्छेलाई इस्लामबाट बाहिर्याउँने भनेको ठुलो कुफ्र गर्नु हो ।
  4. इस्लामले मुस्लिमहरू बिच विभाजन निम्त्याउने सबै कुराहरूमाथि प्रतिबन्ध लगाउँछ, जस्तै वंशमा दोस लाउनु आदि ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई जर्मन पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती किर्गिज लिथुआनियाली एल्ड्रेया सर्बियाई किन्यारवाण्डा रोमानियन हंगेरी الموري मालागासी ओरोमो कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप