عَنِ ابْنِ عُمَرَ رَضِيَ اللَّهُ عَنْهُمَا قَالَ:
فَرَضَ رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ زَكَاةَ الفِطْرِ صَاعًا مِنْ تَمْرٍ، أَوْ صَاعًا مِنْ شَعِيرٍ، عَلَى العَبْدِ وَالحُرِّ، وَالذَّكَرِ وَالأُنْثَى، وَالصَّغِيرِ وَالكَبِيرِ مِنَ المُسْلِمِينَ، وَأَمَرَ بِهَا أَنْ تُؤَدَّى قَبْلَ خُرُوجِ النَّاسِ إِلَى الصَّلاَةِ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1503]
المزيــد ...
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्,
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातुल् फित्र प्रत्येक मुस्लिम, दास र स्वतन्त्र, पुरुष र महिला, साना र वृद्धमाथि अनिवार्य गर्नुभएको छ र मानिसहरूलाई नमाजको लागि निस्कनु अघि नै दिन आदेश दिनुभएको छ।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1503]
अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजान पछि जकात उल फित्र अनिवार्य गर्नुभयो, जसको मात्रा एक साअ' हो, अर्थात् चार मुद खजूर वा जौ आदि। मुद : वास्तवमा एक औसत व्यक्तिको एक लापा हुन्छ। जकात उल फित्र प्रत्येक मुस्लिममाथि अनिवार्य छ जससँग एक दिन र एक रातको लागि पर्याप्त खाना छ। चाहे त्यो स्वतन्त्र होस् वा दास, पुरुष होस् वा महिला, जवान होस् वा वृद्ध। एक व्यक्तिले आफ्नो र आफ्ना घरपरिवारहरूको तर्फबाट जकात उल फित्र तिर्नेछ। उहाँले ईदको नमाजको लागि बाहिर निस्कनु अघि नै जकात उल फित्र तिर्न आदेश दिनुभयो।