عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا تَقَدَّمُوا رَمَضَانَ بِصَوْمِ يَوْمٍ وَلَا يَوْمَيْنِ إِلَّا رَجُلٌ كَانَ يَصُومُ صَوْمًا فَلْيَصُمْهُ».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1082]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरूमध्ये कसैले पनि रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि देखि व्रत बस्न सुरु नगर। तर, यदि कुनै व्यक्तिले नियमित रूपमा व्रत बस्ने गरेको छ भने, उसले त्यो दिन व्रत बस्न सक्छ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1082]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानप्रति सावधानी अपनाउने नियतले रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि व्रत (रोजा) बस्न निषेध गर्नुभएको छ; किनकि रमजानको व्रतको अनिवार्यता चन्द्रमा (हिलाल) देखिनुसँग जोडिएको छ, र यसमा कुनै अनावश्यक सावधानीको आवश्यकता छैन। तर, यदि कुनै व्यक्तिले आफ्नो नियमित बानी अनुसारको व्रत बस्दै आएको छ—जस्तै एक दिन व्रत बस्ने र एक दिन छोड्ने, वा सोमबार र बिहीबारको व्रत—र त्यो दिन त्यसै अनुसार परेमा, उसले व्रत बस्न सक्छ; यसलाई रमजानको स्वागतार्थ राखिएको व्रत मानिने छैन। यसै गरी, कुनै अनिवार्य व्रतहरू जस्तै कजा (छुटकेको व्रत) र नज्र (भाकल गरेको व्रत) पूरा गर्न पनि यस अवधिमा अनुमति छ।

हदीसका केही फाइदाहरू

  1. मानिसलाई अनावश्यक कठिनाइ र जटिलताबाट बच्न आदेश दिइएको छ; र प्रत्येक उपासनालाई शरीअतले जसरी निर्धारित गरेको छ, ठीक त्यसै अनुरूप पालन गर्नु अनिवार्य छ—जसमा न त केही थप गर्ने अधिकार छ, न त घटाउने अनुमति।
  2. रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि व्रत बस्न निषेध गरिनुको कारण — र अल्लाह नै सर्वज्ञ हुनुहुन्छ — अनिवार्य व्रत र ऐच्छिक व्रत बीचको भिन्नता छुट्याउनु हो, र पूर्ण ऊर्जा तथा उत्सुकताका साथ रमजानको तयारी गर्नु हो, ताकि व्रत त्यस विशिष्ट एवं उत्तम महिनाको मुख्य पहिचान होस्।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (45)