عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا تَقَدَّمُوا رَمَضَانَ بِصَوْمِ يَوْمٍ وَلَا يَوْمَيْنِ إِلَّا رَجُلٌ كَانَ يَصُومُ صَوْمًا فَلْيَصُمْهُ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1082]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरूमध्ये कसैले पनि रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि देखि व्रत बस्न सुरु नगर। तर, यदि कुनै व्यक्तिले नियमित रूपमा व्रत बस्ने गरेको छ भने, उसले त्यो दिन व्रत बस्न सक्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1082]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले रमजानप्रति सावधानी अपनाउने नियतले रमजान सुरु हुनुभन्दा एक वा दुई दिन अगाडि व्रत (रोजा) बस्न निषेध गर्नुभएको छ; किनकि रमजानको व्रतको अनिवार्यता चन्द्रमा (हिलाल) देखिनुसँग जोडिएको छ, र यसमा कुनै अनावश्यक सावधानीको आवश्यकता छैन। तर, यदि कुनै व्यक्तिले आफ्नो नियमित बानी अनुसारको व्रत बस्दै आएको छ—जस्तै एक दिन व्रत बस्ने र एक दिन छोड्ने, वा सोमबार र बिहीबारको व्रत—र त्यो दिन त्यसै अनुसार परेमा, उसले व्रत बस्न सक्छ; यसलाई रमजानको स्वागतार्थ राखिएको व्रत मानिने छैन। यसै गरी, कुनै अनिवार्य व्रतहरू जस्तै कजा (छुटकेको व्रत) र नज्र (भाकल गरेको व्रत) पूरा गर्न पनि यस अवधिमा अनुमति छ।