+ -

عن أبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا يَحِلُّ لِامْرَأَةٍ مُسْلِمَةٍ تُسَافِرُ مَسِيرَةَ لَيْلَةٍ إِلَّا وَمَعَهَا رَجُلٌ ذُو حُرْمَةٍ مِنْهَا».

[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1339]
المزيــد ...

यस अनुवादलाई थप समीक्षा र जाँचको आवश्यकता छ.

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"मुस्लिम महिलालाई महरम बिना एक दिन र एक रात जति दुरी यात्रा गर्नु जायज छैन।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1339]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, एक मुस्लिम महिलालाई महरम बिना एक रात जति दुरीको यात्रा गर्नु हराम छ ।

हदीसका केही फाइदाहरू

  1. इब्न-ए-हजर भन्छन्: महिलालाई महरम बिना यात्रा गर्नु अनुमति छैन। यस कुरामा सम्पूर्ण विद्वानहरू एकमत छन्। ‎यद्यपि, हज, उमरा र दार अल-शिर्कबाट प्रस्थान यस सहमतिबाट मुक्त छन्‎। कतिपयले यसलाई हजको लागि शर्त मान्छन्।
  2. इस्लामिक कानून एक पूर्ण कानून हो। र यसले महिलाको सम्मान र सुरक्षा मा विशेष ध्यान दिन्छ।
  3. अल्लाह र अन्तिम दिनमा विश्वास गर्नुको अर्थ अल्लाहको कानूनको अधीनमा बस्नु र यसको सीमाहरूको पालना गर्नु आवश्यक छ।
  4. महिलाको महरम भनेको उनको पति वा त्यस्तो व्यक्ति हो जससँग रगतको सम्बन्ध, स्तनपान (रिजाअत) को सम्बन्ध वा ससुरालीको सम्बन्धको कारणले विवाह सधैं निषेध गरिएको हुन्छ र ऊ मुस्लिम, वयस्क, समझदार तथा विश्वसनीय हुनुपर्छ। किनभने महरमको काम महिलाको सुरक्षा र हेरचाह गर्नु हो।
  5. महरमको साथ बिना यात्रा गर्न नसक्ने महिलाको अवधिको बारेमा बेहाकी भन्छन्: "छोटकरीमा, यात्रा भनिने जतिसुकै दूरी भए पनि, महिलाको लागि आफ्नो पति वा महरम बिना यात्रा गर्नु निषेध गरिएको छ। चाहे त्यो दूरी तीन दिन होस्, दुई दिन होस्, एक दिन होस् वा आदि। यसको प्रमाण अब्दुल्लाह इब्न अब्बास (रजियल्लाहु अन्हुमा) को पूर्ण वर्णन हो, जुन सही मुस्लिममा अघिल्ला वर्णनहरू मध्ये अन्तिम हो र जसका शब्दहरू यस प्रकार छन्: (कुनै पनि महिलाले महरम बिना यात्रा गर्नु हुँदैन)। यसमा यात्रा भन्न सकिने कुनै पनि दूरी पार गर्नु समावेश छ। अहिले हाम्रो अगाडि रहेको हदीस वास्तवमा प्रश्नकर्ता र उसको परिस्थिति अनुसार वर्णन गरिएको हो।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली थाई पुश्तु असमिया स्विडेनी अम्हारिक डच गुजराती एल्ड्रेया रोमानियन हंगेरी الموري मालागासी कन्नड الولوف युक्रेनी الجورجية المقدونية الخميرية الماراثية
अनुवादहरू हेर्नुहोस्
थप