عن أبِي هُرَيْرَةَ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«لَا يَحِلُّ لِامْرَأَةٍ مُسْلِمَةٍ تُسَافِرُ مَسِيرَةَ لَيْلَةٍ إِلَّا وَمَعَهَا رَجُلٌ ذُو حُرْمَةٍ مِنْهَا».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1339]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो महरम (विवाह गर्न निषेध गरिएको पुरुष नातेदार) बिना एक रातको दूरीको यात्रा गर्नु वैध छैन।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1339]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा स्पष्ट पार्नुभएको छ कि कुनै पनि मुस्लिम महिलाका लागि आफ्नो कुनै महरम (विवाह निषेधित पुरुष नातेदार) बिना एक रातको यात्रा गर्नु निषेध (हराम) छ।