عَنْ أَبِي هُرَيْرَةَ رَضِيَ اللهُ عَنْهُ قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«مَنْ نَسِيَ وَهُوَ صَائِمٌ، فَأَكَلَ أَوْ شَرِبَ، فَلْيُتِمَّ صَوْمَهُ، فَإِنَّمَا أَطْعَمَهُ اللهُ وَسَقَاهُ».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 1155]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो :
"जसले व्रत (रोजा) बसेको अवस्थामा बिर्सिएर केही खायो वा पियो भने, उसले आफ्नो व्रत पूरा गरोस्; किनकि उसलाई अल्लाहले नै ख्वाउनु र पिलाउनु भएको हो।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 1155]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभएको छ कि अनिवार्य वा ऐच्छिक उपवासको अवस्थामा यदि कुनै व्यक्तिले बिर्सिएर खायो वा पियो भने, उसले आफ्नो उपवास पूर्ण गरोस् र त्यसलाई भङ्ग नगरोस्; किनभने उपवास भङ्ग गर्ने उसको कुनै उद्देश्य थिएन। वास्तवमा त्यो अल्लाहद्वारा उसलाई प्रदान गरिएको जीविका हो, जसअन्तर्गत अल्लाहले नै उसलाई ख्वाउनुभयो र पिलाउनुभयो।