عَنْ أَبِي عُبَيْدٍ، مَوْلَى ابْنِ أَزْهَرَ، قَالَ:
شَهِدْتُ العِيدَ مَعَ عُمَرَ بْنِ الخَطَّابِ رَضِيَ اللَّهُ عَنْهُ، فَقَالَ: هَذَانِ يَوْمَانِ نَهَى رَسُولُ اللَّهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ عَنْ صِيَامِهِمَا: يَوْمُ فِطْرِكُمْ مِنْ صِيَامِكُمْ، وَاليَوْمُ الآخَرُ تَأْكُلُونَ فِيهِ مِنْ نُسُكِكُمْ.
[صحيح] - [متفق عليه] - [صحيح البخاري: 1990]
المزيــد ...
इब्न अजहरका मुक्त दास अबू उबैदले भनेका छन्:
मैले उमर इब्न खट्टाब (रजियल्लाहु अन्हु) सँग ईदको नमाज पढेँ। उनले भने, "यी दुई दिनहरू हुन् जसमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उपवास राख्न निषेध गर्नुभएको छ।" एउटा (रमजानको) व्रत पछि ईद उल फित्र र अर्को त्यो दिन, जब तपाईंले आफ्नो बलिदान (कुर्बानी) को मासु खानुहुन्छ (अर्थात् ईद उल अधाको दिन)।
[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 1990]
अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईद उल फित्र र ईद उल अधाका दिनहरूमा उपवास राख्न निषेध गर्नुभएको छ। ईद उल फित्रको दिनमा निषेध गर्नुको कारण भनेको रमजानको सम्पूर्ण महिनाको उपवास पछि उपवास तोड्ने दिन हो। जबकि ईद उल अधाको दिनमा निषेध गर्नुको कारण भनेको यो बलिदानको मासु खाने दिन हो।