عَنْ عُثْمَانَ رضي الله عنه قَالَ: سَمِعْتُ رَسُولَ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَقُولُ:
«مَا مِنَ امْرِئٍ مُسْلِمٍ تَحْضُرُهُ صَلَاةٌ مَكْتُوبَةٌ فَيُحْسِنُ وُضُوءَهَا وَخُشُوعَهَا وَرُكُوعَهَا، إِلَّا كَانَتْ كَفَّارَةً لِمَا قَبْلَهَا مِنَ الذُّنُوبِ، مَا لَمْ يُؤْتِ كَبِيرَةً، وَذَلِكَ الدَّهْرَ كُلَّهُ».
[صحيح] - [رواه مسلم] - [صحيح مسلم: 228]
المزيــد ...
उसमान (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो :
"जब फर्ज नमाजको समय हुन्छ र एउटा मुस्लिमले राम्रोसँग वुजू गर्छ र नम्रताका साथ राम्रोसँग रूकु र सज्दा गरी नमाज पढ्छ भने त्यो नमाज उसको अघिल्ला पापहरूका लागि प्रायश्चित (क्षमाको कारण) हुन्छ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन, र (अल्लाहको दयाले) यो सधैँ जारी रहनेछ।"
[सही] - [मुस्लिमले वर्णन गरेका छन्] - [सही मुस्लिम - 228]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: जब फर्ज नमाजको समय हुन्छ र कुनै मुस्लिमले राम्रोसँग पूर्ण रूपमा वुजू गर्छ, र नम्रताका साथ नमाज पढ्छ—अर्थात्, आफ्नो हृदय र शरीरका अङ्गहरू अल्लाहका लागि समर्पित गर्छ, उहाँको महानतालाई ध्यानमा राख्छ, र रुकु, सज्दा लगायत नमाजका सबै कार्यहरू पूर्ण रूपमा गर्छ—भने यो नमाज उसको अघिल्ला साना पापहरू का लागि प्रायश्चित बन्नेछ, जबसम्म उसले कुनै ठूलो पाप गर्दैन।