عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه أَنَّ رَسُولَ اللهِ صلَّى الله عليه وسلم قال:
«ما مِنْ أحَدٍ يُسلِّمُ علي إلا ردَّ اللهُ عليَّ رُوحي حتى أردَّ عليه السَّلامَ».
[إسناده حسن] - [رواه أبو داود وأحمد] - [سنن أبي داود: 2041]
المزيــد ...
हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु)द्वारा वर्णन छ, अल्लाहका रसूल(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नु भयो :
"जो कोही मलाई सलाम गर्छ, अल्लाह तिनको सलाम फर्काउनका लागि मेरो आत्मा मलाई पुनः प्रदान गर्नुहुन्छ।"
[यसको सनद हसन हो] - [अबू दाउद र अहमदले वर्णन गरेका छन्] - [सुनन अबी दाउद - 2041]
नबी(सल्लल्लाहु अलैहि वसल्लम)बताउँदै हुनु हुन्छ कि हरेक सलाम गर्ने वालाको जवाफ दिनका लागि उहाँलाई उहाँको प्राण फर्काएर दिइन्छ, चाहे त्यो नजिक होस् वा टाढा । बर्जख(मृत्युपछि)को जीवन र कब्र (समाधि)को जीवन अज्ञात कुराहरू हुन् । यसको वास्तविकता अल्लाह तआला बाहेक कसैलाई थाहा छैन । उहाँ हरेक कुरामा सामर्थ्य राखने वाला हुनु हुन्छ ।