عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه، عَنِ النَّبِيِّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَا جَلَسَ قَوْمٌ مَجْلِسًا لَمْ يَذْكُرُوا اللَّهَ فِيهِ وَلَمْ يُصَلُّوا عَلَى نَبِيِّهِمْ إِلاَّ كَانَ عَلَيْهِمْ تِرَةً، فَإِنْ شَاءَ عَذَّبَهُمْ وَإِنْ شَاءَ غَفَرَ لَهُمْ».
[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى] - [سنن الترمذي: 3380]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
“यदि कुनै समूह कुनै यस्तो सभा (बैठक) मा बस्दछ, जहाँ उनीहरूले न त अल्लाहको स्मरण (जिक्र) गर्दछन् र न त आफ्ना नबीमाथि दुरूद (आशिष) नै पठाउँदछन् भने—त्यो सभा उनीहरूका लागि पछुतो र घाटाको कारण बन्नेछ। तत्पश्चात्, यदि अल्लाहले चाहनुभयो भने उनीहरूलाई सजाय दिनुहुनेछ र यदि चाहनुभयो भने उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।”
[सही] - [رواه أبو داود والترمذي والنسائي في الكبرى] - [सुनन् तिर्मिजी - 3380]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहलाई याद नगरेर बस्ने बानी विरुद्ध चेतावनी दिनुभएको छ। उहाँले भन्नुभएको छ कि कुनै पनि समूह कुनै सभा वा बैठकमा बस्छ, र त्यहाँ अल्लाहको स्मरण गर्दैन तथा आफ्ना रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउँदैन, त्यो सभा कियामतको दिन उनीहरूका लागि केवल पश्चात्ताप, ग्लानि, घाटा र नोक्सानको कारण बन्नेछ। त्यसपछि अल्लाहले चाहेमा उनीहरूका अघिल्ला र पछिल्ला पापहरुका कारण सजाय दिनुहुनेछ, र चाहेमा आफ्नो कृपा र दयाले उनीहरूलाई क्षमा गरिदिनुहुनेछ।