عَنْ أَبِي هُرَيْرَةَ رضي الله عنه، عَنِ النَّبِيِّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ قَالَ:
«مَا جَلَسَ قَوْمٌ مَجْلِسًا لَمْ يَذْكُرُوا اللَّهَ فِيهِ وَلَمْ يُصَلُّوا عَلَى نَبِيِّهِمْ إِلاَّ كَانَ عَلَيْهِمْ تِرَةً، فَإِنْ شَاءَ عَذَّبَهُمْ وَإِنْ شَاءَ غَفَرَ لَهُمْ».
[صحيح] - [رواه أبو داود والترمذي والنسائي في الكبرى] - [سنن الترمذي: 3380]
المزيــد ...
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"जब कुनै समूह बसेर सभा गर्छ तर त्यसमा अल्लाहको स्मरण गर्दैनन् र आफ्नो नबीमाथि दरूद-सलाम पठाउँदैनन्, त्यो सभा उनीहरूका लागि घाटा (तिरा) हुन्छ। त्यसपछि अल्लाह चाहे सजाय दिनुहुन्छ, चाहे क्षमा गर्नुहुन्छ।"
[सही] - [رواه أبو داود والترمذي والنسائي في الكبرى] - [सुनन् तिर्मिजी - 3380]
नबी मुहम्मद ﷺ ले अल्लाहको जिक्र (स्मरण)बाट बेपरवाह हुनबाट चेतावनी दिनुभयो। र भन्नुभयो, कुनै समूह बसेर सभा गर्छ तर त्यसमा अल्लाहको स्मरण गर्दैनन् र नबीमाथि दरूद-सलाम पठाउँदैनन् भने त्यो सभा उनीहरूका लागि पछुतो, नोक्सानी र घाटा हुनेछ। कियामतको दिन अल्लाहले चाहे भने तिनीहरूको अघिल्ला पाप र पछिल्ला कमीहरूको कारण सजाय दिनुहुन्छ, र चाहे आफ्नो कृपा र दयाले क्षमा गर्नुहुन्छ।