عن أبي هريرة رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«لَيْسَ شَيْءٌ أَكْرَمَ عَلَى اللهِ تَعَالَى مِنَ الدُّعَاءِ».

[حسن] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 3370]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"

[हसन] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3370]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) भन्दा राम्रो कुनै उपासना छैन भनेर भन्नुभयो । किनकि यसमा एकातिर अल्लाहको निरपेक्षता र सम्पन्नता छ भने अर्कोतिर दासको उहाँमाथिको निर्भरता र अभावको स्वीकृति छ ।

हदीसका केही फाइदाहरू

  1. दुआ (प्रार्थना) को महत्व र अल्लाहलाई प्रार्थना गर्नेले वास्तवमा अल्लाहको सम्मान गर्दछ र उहाँ सबैभन्दा धनी हुनुहुन्छ भनेर स्वीकार गर्दछ, किनकि गरिबबाट केही माग्न सकिँदैन । उहाँ सुन्नुहुन्छ, किनभने बहिराहरूलाई पुकारिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कंजूससित केही मागिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कठोर हृदयलाई प्रार्थना गरिदैन । उहाँ नजिक हुनुहुन्छ, किनकि टाढाकोले सुन्न सक्दैन । अल्लाहका यी र यस्तै अन्य गुणहरू यस हदीसबाट प्रमाणित हुन्छन् ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप