+ -

عن أبي هريرة رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«لَيْسَ شَيْءٌ أَكْرَمَ عَلَى اللهِ تَعَالَى مِنَ الدُّعَاءِ».

[حسن] - [رواه الترمذي وابن ماجه وأحمد] - [سنن الترمذي: 3370]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"अल्लाहको नजरमा प्रार्थना भन्दा सम्मानित र महान अरु केही छैन ।"

[हसन] - [तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्] - [सुनन् तिर्मिजी - 3370]

व्याख्या

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) भन्दा राम्रो कुनै उपासना छैन भनेर भन्नुभयो । किनकि यसमा एकातिर अल्लाहको निरपेक्षता र सम्पन्नता छ भने अर्कोतिर दासको उहाँमाथिको निर्भरता र अभावको स्वीकृति छ ।

हदीसका केही फाइदाहरू

  1. दुआ (प्रार्थना) को महत्व र अल्लाहलाई प्रार्थना गर्नेले वास्तवमा अल्लाहको सम्मान गर्दछ र उहाँ सबैभन्दा धनी हुनुहुन्छ भनेर स्वीकार गर्दछ, किनकि गरिबबाट केही माग्न सकिँदैन । उहाँ सुन्नुहुन्छ, किनभने बहिराहरूलाई पुकारिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कंजूससित केही मागिदैन । उहाँ दयालु हुनुहुन्छ, किनकि कठोर हृदयलाई प्रार्थना गरिदैन । उहाँ नजिक हुनुहुन्छ, किनकि टाढाकोले सुन्न सक्दैन । अल्लाहका यी र यस्तै अन्य गुणहरू यस हदीसबाट प्रमाणित हुन्छन् ।
अनुवाद: अंग्रेजी उर्दू स्पेनिस इन्डोनेसिया उइघुर बंगाली फ्रान्सेली टर्की रशियन बोस्नियाली सिंहला हिन्दी चिनियाँ फारसी भियतनामी तागालोग कुर्दिश हौसा पोर्चुगिज मलयालम तेलगु सवाहिली तमिल बर्मी थाई जर्मन जापानी पुश्तु असमिया अल्बेनियन् स्विडेनी अम्हारिक डच गुजराती किर्गिज योरुबा लिथुआनियाली एल्ड्रेया सर्बियाई सोमाली ताजिक किन्यारवाण्डा रोमानियन हंगेरी चेक الموري मालागासी फुलानी ओरोमो कन्नड الولوف البلغارية अजेरी उज्बेक युक्रेनी الجورجية المقدونية
अनुवादहरू हेर्नुहोस्
थप