عن أبي هريرة رضي الله عنه عن النبي صلى الله عليه وسلم قال:
«كَلِمَتَانِ خَفِيفَتَانِ عَلَى اللِّسَانِ، ثَقِيلَتَانِ فِي الْمِيزَانِ، حَبِيبَتَانِ إِلَى الرَّحْمَنِ: سُبْحَانَ اللهِ الْعَظِيمِ، سُبْحَانَ اللهِ وَبِحَمْدِهِ».

[صحيح] - [متفق عليه] - [صحيح البخاري: 6406]
المزيــد ...

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"दुई शब्दहरू यस्ता छन्, जुन जिब्रोमा हलुका, तराजुमा भारी र रहमान (परम दयालु) लाई धेरै प्रिय छन् ।" ती हुन्: " सुब्हानल्लाहि व बिहमदिही सुब्हानल्लाहिल अजीम ।"

[सही] - [मुत्तफकुन अलैहि] - [सही बुखारी - 6406]

व्याख्या

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुईवटा वाक्यहरूको बारेमा भन्नुभएको छ, जुन व्यक्तिले कुनै पनि परिस्थितिमा सजिलै उच्चारण गर्न सक्छ, तर त्यो तराजूमा धेरै भारी हुनेछ र हाम्रो दयालु पालनकर्ताले ती दुवैलाई मन पराउनुहुन्छ, ती हुन् :
‘सुब्हानल्लाहि व बिहमदिही सुब्हानल्लाहिल अजीम’ (अल्लाहको महिमा होस् र उहाँको प्रशंसा होस्, महान अल्लाहको महिमा होस्); किनभने यी दुई वाक्यहरूमा अल्लाहको महानता र उहाँको पूर्णताको वर्णन गरिएको छ र उहाँलाई सबै कमजोरीहरूबाट पवित्र घोषित गरिएको छ ।

हदीसका केही फाइदाहरू

  1. सबैभन्दा ठूलो जिक्र त्यो हो जसमा अल्लाहको शुद्धता, महिमा र उहाँको प्रशंसा दुवै समावेश हुन्छ ।
  2. अल्लाह आफ्ना सेवकहरूप्रति धेरै दयालु हुनुहुन्छ, उहाँले साना कामहरूमा पनि ठूलो इनाम दिनुहुन्छ ।
अनुवादहरू हेर्नुहोस्
भाषा: अंग्रेजी उर्दू स्पेनिस थप (67)
थप