عَنْ عَبْدِ اللهِ بنِ مَسعُودٍ رضي الله عنه قَالَ: قَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ:
«عَلَيْكُمْ بِالصِّدْقِ، فَإِنَّ الصِّدْقَ يَهْدِي إِلَى الْبِرِّ، وَإِنَّ الْبِرَّ يَهْدِي إِلَى الْجَنَّةِ، وَمَا يَزَالُ الرَّجُلُ يَصْدُقُ وَيَتَحَرَّى الصِّدْقَ حَتَّى يُكْتَبَ عِنْدَ اللهِ صِدِّيقًا، وَإِيَّاكُمْ وَالْكَذِبَ، فَإِنَّ الْكَذِبَ يَهْدِي إِلَى الْفُجُورِ، وَإِنَّ الْفُجُورَ يَهْدِي إِلَى النَّارِ، وَمَا يَزَالُ الرَّجُلُ يَكْذِبُ وَيَتَحَرَّى الْكَذِبَ حَتَّى يُكْتَبَ عِنْدَ اللهِ كَذَّابًا».
[صحيح] - [متفق عليه] - [صحيح مسلم: 2607]
المزيــد ...
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :
"तिमीहरू सत्य बोल्ने गर, किनकि सत्यले धर्मको बाटो तर्फ डोर्याउँछ र धार्मिकताले स्वर्गमा पुर्याउँछ। मानिस निरन्तर सत्य बोल्छ र सत्यको खोजीमा रहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘सिद्दीक’ (सत्यवादी) लेखिन्छ। तिमीहरू झूटबाट बच, किनकि झूटले पापको बाटो देखाउँछ र पापले नरकमा लैजान्छ। मानिस निरन्तर झूट बोल्छ र झूटमै लागिरहन्छ, यहाँसम्म कि ऊ अल्लाहकहाँ ‘झूटा’ लेखिन्छ।"
[सही] - [मुत्तफकुन अलैहि] - [सही मुस्लिम - 2607]
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सत्य बोल्न आदेश दिनुभएको छ, किनकि सत्यले असल कर्मतर्फ मार्गदर्शन गर्छ, र धार्मिकताले असल काममा दृढ रहने व्यक्तिलाई स्वर्गतर्फ पुर्याउँछ भनी उहाँले स्पष्ट गर्नुभएको छ। मानिस बाह्य तथा आन्तरिक रूपमा सधैं सत्यनिष्ठ र इमानदार रहिरहँदा, अन्ततः उसले ‘सिद्दीक’ भन्ने उपाधि प्राप्त गर्छ। ‘सिद्दीक’ भन्नाले इमानदारीको सर्वोच्च स्थानलाई जनाउँछ। त्यसपछि उहाँले मिथ्या र असत्य बोल्ने बानीबारे चेतावनी दिनुभयो; किनभने यसले सत्य र निष्ठाबाट टाढा लैजान्छ तथा दुष्टता, पाप एवं अनैतिकतातर्फ धकेल्छ, जसको अन्तिम परिणाम नर्क हो। मानिस निरन्तर झूट बोल्दै जान्छ, यहाँसम्म कि ऊ अल्लाहको लेखमा 'महाझूटा' (कज्जाब) भएको लेखिन्छ।